रोकिएको जग्गा नापजाँचको काम सुरु
तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले जग्गा नाप्न सुरु गरेको हो ।
भुक्तानी नपाए बाँकी काम रोकिने
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरमा निर्माण व्यवसायीले भुक्तानी नपाए काम रोक्ने जनाएको छ ।
खुल्न थाले सामुदायिक विद्यालय
नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण पच्चिस दिनदेखि बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।
आगलागीका घटना बढ्दै, छैन दमकल
स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पूरा भइसक्दासमेत बर्दियाका कतिपय स्थानीय तह अझैसम्म पनि दमकलविहीन छन् ।
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।
लघुकथा लेखन प्रशिक्षण
नेपाली लेखक सङ्घ रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयाम विषयक एकदिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सोखको काम : मनग्गे दाम
गुल्मी तम्घासका भित्तामा ४४ वर्षीय नरबहादुर विके र ३८ वर्षीय प्रदीप थारूले कोरेका चित्रले धेरैलाई लट्ठ बनाएको छ । उहाँहरूले दुई पटक गरेर करिब एक महिना तम्घासमा चित्र कोरिरहनुभएको छ ।
ढुङ्गा,गिटी,बालुवा उत्खननमा सघाएको भन्दै डिएफओ माथि कारबाही सिफारिस
नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनमा असहयोग गरेको भन्दै डिभिजन वन कार्यालय नवलपरासी पश्चिमका प्रमुख डिएफओ जीवन पङ्गेनीलाई कारबाही गर्न माग गरिएको छ ।
सुक्न थाले धान र मकै
बर्दियाको गेरुवा गाउँपालिका–६, नौरङ्गाकी बालकृष्णी चौधरीको खेतको छेउमा नहर भए पनि उहाँले लगाएको चैते धान र बसन्ते मकै सुक्न थालेका छन् ।
लुम्बिनीको १९ वटा विद्युतीय सवारीमा धमिरा, करोडौँको सम्पत्ति प्रयोगविहीन
लुम्बिनी विकास कोषको १९ वटा अत्याधुनिक विद्युतीय सवारीसाधनमा धमिरा लागेको छ । करोडौँको सम्पत्ति दाताले पर्यटन प्रवर्द्धनका लागि भन्दै दान गरे पनि कोषका सञ्चालक र कर्मचारीको कमजोरीका कारण सवारी साधन प्रयोग विहीन भएको हो ।
सुरु भयो रातो केरा खेती
दाङमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ रूपमा चिनिने यो केराको खेती तुलसीपुर उपमहानगरपालिका –१७ मा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा केरा खेती सुरु गरिएको हो ।
डेढ करोडभन्दा बढी लगानीको हाटबजार गाडी पार्किङको रूपमा परिणत
गुल्मीमा डेढ करोडभन्दा बढी लगानीको हाटबजार अहिले सवारी पार्किङ र विद्युतका पोल राख्नेमा प्रयोग भएको छ । सदरमुकाम तम्घासस्थित चारीखोलामा रेसुङगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार सवारी साधन र विद्युतका पोल राख्ने कार्यमा प्रयोग भएको हो ।
स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्छौं : मन्त्री सारु
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पताल उद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
सुस्ता झोलुङ्गे पुल जोखिममा
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउनुभयो ।
नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
जिल्ला कारागार पश्चिम नवलपरासीमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
गाउँमा सिंहदरबार पुग्नुभन्दा सेवा पुग्नु महत्त्वपूर्ण हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्वपूर्ण भएको बताउनुभएको छ ।
आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या
गुल्मीमा आफ्नै भवन नभएका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टलाई कार्यसम्पादनमा समस्या आउने गरेको पाइएको छ । आफ्नै भवन नहुँदा यहाँका प्रहरी चौकी तथा अस्थायी प्रहरी पोष्टको कतै आफैँ र कतै स्थानीय तहको समन्वयमा भाडामा बसेको देखिएको छ ।
बाँके खजुराको एउटै वडामा १६ जना क्यान्सरका शङ्कास्पद बिरामी भेटिए
बाँकेको खजुरा गाउँपालिकाको एउटै वडामा १६ जना पाठेघरको क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन् । खजुरा २ सीतापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १६ जना महिलामा पाठेघरको क्यान्सर देखिएको खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
बर्दियाको गुलरिया नगरपालिका-८ मा रहेको सर्जु मतङ्गा सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ ।
टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु
रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर टेलरका सहचालक घोराही उपमहानगरपालिका ११, हापुर दाङ बस्ने वर्ष २९ का आयुष गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
कुचो बेचेर घर खर्च चलाउने हुमकला
गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनु भएको छ ।
गोली पड्काउँदै आतङ्क मच्चाउने चार युवा पक्राउ
सिराज खान नेपालगन्ज, वैशाख १५ गते । सार्वजनिक स्थलमा गोली पड्काउने चार जना युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपालगन्जका विभिन्न स्थानमा खुल्लमखुल्ला पेस्तोलबाट गोली चलाएर आतङ्क मच्चाउने चार जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्ज एकका ४० वर्षीय विश्व विजय पोख्रेल, नेपालगन्ज १८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज चारका २१ वर्षीय अस्मित मल्ल र २० वर्षीय सौगात श्रेष्ठ छन् ।उनीहरूले गत शुक्रवार नेपालगन्ज १२ मा रहेको नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नम्बर को कारमा चढेर नेपालगन्ज १८ विशालनगर चोकमा भइरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरूलाई आतङ्कित बनाउनुका साथै पेस्तोलबाट पुनः गोली पड्काई भागेको प्रहरी प्रवक्ता डिएसपी पातलीले बताउनुभयो । उहाँले घटना भए लगत्तै पिछा गर्दै गएको प्रहरी टोलीले कोहलपुर १० हाई स्कुलबाट ती चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । यसैबिच प्रहरीले ठुलो मात्रामा लागु औषध ब्राउन सुगरसहित एक महिलालाई यहाँस्थित नेपाल भारत नाकाबाट पक्राउ गरेको जनाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ कि ३४ बर्सिया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको डिएसपी पातलीले बताउनुभयो । उहाँले पुष्पालाई शङ्का लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउन सुगर फेला परेकोले उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाउनुभयो ।प्रहरीका अनुसार लागु औषधका कारोबारीले महिलालाई भरिया बनाउने गरेको पाइएको छ । पक्राउ परेकी पुष्पाको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागी छानबिन गर्न समिति गठन
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट बहिरङ्ग (ओपिडी) भवन र प्रयोगशालामा प्रयोग हुने विभिन्न रसायनलगायतमा ठुलो क्षति भएपछि दुई दिनका लागि सेवा बन्द गरिएको छ ।