• २० वैशाख २०८२, शनिबार

राप्ती साहित्य परिषदद्वारा २४ जना स्रष्टा सम्मानित

blog

मिना पाण्डेय कला साहित्य पुरस्कार सम्मानित हुँदै साहित्यकार केबी चौधरी । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख १९ गते । राप्ती साहित्य परिषद् दाङको वार्षिकोत्सवको अवसरमा प्राडा. बाबुराम आचार्यसहित २४ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । 

परिषद्ले राप्ती साहित्य पुरस्कार २०८१ बाट प्राध्यापक डा. आचार्यलाई प्रदान गरेको हो । यस्तै, २०८० सालमा प्रकाशित १८ थुङ्गा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार, नन्दहरि साहित्य पुरस्कारबाट दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कारबाट दाङका शशीधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरेको हो । 

यसैगरी देवीचन्द्र साहित्य पुरस्कारबाट बाँकेका डा. हरिप्रसाद तिमिल्सेनालाई, अयामुकुन्द प्रज्ञा पुरस्कारबाट प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मिना पाण्डेय कला साहित्य पुरस्कारबाट दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरीराज खनाललाई प्रदान गरेको हो ।

त्यस्तै, कार्यक्रम्मा पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट दाङका अभि क्षेत्री समर्पणलाई, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कारबाट बुटबलमा प्राडा. कपिल लामिछानेलाई, चक्रपाणि लोकेश्वरी छन्द पुरस्कारबाट दाङका कपिलकिशोर घिमिरेलाई, नित्यानन्द प्रज्ञा पुरस्कारबाट प्युठानका सुमन सुवेदीलाई, चन्द्रमधु गीत सङ्गीत पुरस्कारबाट दाङ देउखुरीका यादवनाथ योगीलाई, ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट रोल्पाका अमर अधिकारीलाई पुरस्कृत गरेको हो ।

यसैगरी, श्रीबहादुर दीलमाया साहित्य पुरस्कारबाट रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई, टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट बाँकेका महानन्द ढकाललाई, जीवनचक्र साहित्य पुरस्कारबाट सल्यानका हिरालाल केसीलाई, पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मानबाट सल्यानकी बिनु बुढाथोकीलाई, ऋषि लक्ष्मी साहित्य पुरस्कारबाट पश्चिम रुकुमका खेमराज खड्कालाई, गोमादेवी स्मृति कला पुरस्कारबाट दाङकी दीपा बुढालाई र विष्णुनुमा साहित्य पुरस्कारबाट दाङका मनिषा गिरी ‘ऋतु’लाई पुरस्कृत गरेको हो ।

यसैगरी परिषद्ले दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, अग्रज साहित्यकार मधुसुदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान परिषका अध्यक्ष डा. टीकाराम उदासीले जानकारी दिनुभयो ।