गोकर्ण पौडेल
तुलसीपुर, वैशाख १८ गते । एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रेडियो, पत्रिकामा कार्यरत श्रमिकहरूलाई सम्मान गरिएको छ ।
प्रेस चौतारी दाङको आयोजनामा पत्रिकामा कार्यरत मेसिन अपरेटतर्फ नयाँ युगबोध दैनिकका मोहन चौधरी, गिरीराज तिवारी, रेडियो प्राविधिकतर्फ रेडियो प्रकृतिका मनु डिसि, रेडियो हापुरेका जुनु खड्का, पत्रिका हकर मीनराज गौतम, कम्प्युटर अपरेटर दीपक चौधरी, सविता रोकालाई सम्मान गरिएको हो ।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् नेकपा (एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुुख आतिथ्यता र प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश आचार्यको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, उपाध्यक्ष नारायणी रजौरे, प्रेस युनीयन दाङका अध्यक्ष नारायण खड्का, तुलसिपुर उपमहानगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमबहादुर राम्जा, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बश्याललगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।