सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।
नेपाली कांग्रेसले बनायो उम्मेदवारको चयनको मापदण्ड
काठमाडौं, असोज १७ गते। नेपाली कांग्रेसले सङ्घीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। सोमबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको मापदण्ड बनाएको हो। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नुभएका प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बनाएको हो। ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरिएको छ’’, मुख्य सचिव पौडेलले भन्नुभयो। उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने भएको छ। बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन सबैलाई अपिल गरेको छ। निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यसैगरी बैठकले विजया दशमीको शुभकामना व्यक्त गर्दै निर्वाचन आयोगमा असोज ३ गते बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा केही हेरफेर गर्ने निर्णयसमेत गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्नेछ।
जनप्रिय कानुन नेताबाटै तुहाइन्छ : मन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाउनुभएको छ । सोमवार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सो आरोप लगाउनुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराई उम्मेदवार नबन्ने
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको छ । अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित डा. भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो ।
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्।
नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बाँके क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जमा सञ्चालन गरिएको छ। जिल्लाका क्षेत्र नम्बर १ र ३ गरेर अन्य दुई क्षेत्रमा कार्यालय सञ्चालन गरिंदैछ।
कोही गृह जिल्लामा व्यस्त हुने, कोही काठमाडौंमै दशैं मनाउने
नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं घटस्थापनको दिनदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ । नवौंं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैंं मनाउने परम्परागत चलन रहँदैआएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।
माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ।
तोकियो निर्वाचनका लागि खर्चको सीमा
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ।
राष्ट्रियसभाका अध्यक्षको दशैंको शुभकामना सन्देश
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वडादशैं २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
निर्वाचन निष्पक्ष बनाउन पाँचथरका राजनीतिक दल एकमत
पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
नारद कोहारतौलिहवा, असोज १५ गते। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो। कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका ४ नम्बर वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको बताउनुभयो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली, प्रहरी उपरीक्षक प्रेम बस्नेत, अनुसन्धानका प्रहरी प्रमुख योगेनद्र केसी, प्रमुख सेनानी दिलिप घले र जिल्ला समन्वय अधिकारी भूमीराम पोख्रेललगायत सहभागी हुनुहुन्थ्यो।
कांग्रेस सिद्ध्याउने अधिकार कसैलाई छैन : भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताउनुभएको छ।
समाजमा आमूल रूपान्तरण गर्ने पार्टी आवश्यक छ : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
सेवा सुविधाको रकमले असहायलाई पोशाक
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गर्नु भएको छ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं–१ बाट चुनाव लड्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गुर्नभएको छ ।
स्वनियमन र स्वमूल्याङ्कन गर्न प्रमुख आयुक्त थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आम सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कन लागि आग्रह गर्नुभएको छ।
देश बनाउने शक्तिलाई जनताले स्थापित गर्नुपर्छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशको राजनीति दुई ध्रुवमा ध्रुवीकृत रहेकाले देश बनाउने शक्तिलाई स्थापित गराउन सञ्चार माध्यममले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
म आत्मालोचना गर्दिनँ, उम्मेदवार बनाए चुनाव लड्छु : डा.रावल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यटन गरेको संसद पुनरस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मआलोचना नगर्ने बताउनु भएको छ ।
भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ।
लैंगिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् : झलनाथ खनाल
काठमाडौं, असोज १३ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद् भएको बताउनुभएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेता खनालले व्यवहारमा लैङ्गिक समानता स्थापना गर्न अझै धेरै समय लाग्ने बताउनु भयो। उहाँले देशमा पितृ सत्तात्मक शोषणदेखि क्रान्ति, आर्थिक, सामाजिक सांस्कृतिक शोषण, विभेद कायम रहेको भन्दै त्यस्ता विभेदलाई अन्त्य गर्न समाजवादको बाटोमा हिँड्नु बाहेकको विकल्प नरहेको स्पष्ट पार्नुभयो। उहाँले समाजवादले मात्रै समाजमा भएका वर्गीय शोषणलाई समाप्त गर्नसक्ने बताउनु भयो। हालसम्म महिलालाई ३० प्रतिशत मात्रै अधिकार दिइएको भन्दै जनसंख्याको हकले महिलालाई ५० प्रतिशत अधिकार दिनुपर्ने बताउनु भयो। उहाँले समाजवाद प्राप्त नहोउन्जेल संघर्षलाई जारी राख्नुपर्ने बताउनु भयो।
समाजवादीका दुई सांसद र डोल्पा अध्यक्ष एमाले प्रवेश
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेताकार्यकर्ता एमालेमा फर्किनुभएको छ।