• १२ वैशाख २०८१, बुधबार

समाजवादीका दुई सांसद र डोल्पा अध्यक्ष एमाले प्रवेश

blog

फाइल तस्बिर

काठमाडौं, असोज १३ गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेताकार्यकर्ता एमालेमा फर्किनुभएको छ।  

उहाँसँगै जिल्ला कमिटीका ४० जना सदस्य, प्रदेश, नगर र गाउँपालिका कमिटी गरेर ६० नेताकार्यकर्ता फर्किएको एमालेले जनाएको छ। 

यसैगरी, नेकपा (एस) बारा जिल्ला अध्यक्ष तथा मधेश प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो। 

बालकोटमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीले राष्ट्रियतालाई सुदृढ बनाउने, जनतालाई सेवा, सुविधा पुर्‍याउने, जनताको गरिबी हटाउने एवम् अविकासको स्थितिबाट विकासको स्थितिमा पुर्‍याउने प्रयासमा एमाले रहेको बताउनुभयो। यसै अभियानमा जोडिन आउनुभएको भन्दै उहाँले स्वागत गर्नुभएको हो।