• २२ वैशाख २०८१, शनिबार

शीर्ष नेताहरुको दशैं

कोही गृह जिल्लामा व्यस्त हुने, कोही काठमाडौंमै दशैं मनाउने

blog

काठमाडौं, असोज १७ गते । नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भइसकेको छ । नवौंं दिनसम्म नवदुर्गा देवीको पूजा आराधना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठुलाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैंं मनाउने परम्परागत चलन रहँदैआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ व्यक्तिहरू, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संंसदका निवर्तमान सदस्य, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्वहरूलाई अपराह्न २ देखि ३ बजेसम्म टीका लगाइदिनुहुने कार्यक्रम तय गरिएको छ ।  

प्रधानमन्त्री एवम् नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको भने यो वर्ष टीका तथा प्रसाद ग्रहणको कार्यक्रम नरहेको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रपतिले इच्छुक सर्वसाधारणलाई अपराह्न ३ देखि ५ बजेसम्म टीका तथा प्रसाद ग्रहणको कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रवेशद्वार नम्बर १ बाट सो कार्यक्रम हुने भन्दै मर्यादित पोसाकमा सहभागी हुन आव्हान गर्नुभएको छ । 

प्रधानमन्त्री एवम् नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको भने यो वर्ष टीका तथा प्रसाद ग्रहणको कार्यक्रम नरहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यो वर्ष टीका कार्यक्रम नरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दशैंं टीकाका लागि सोमबार गृहजिल्ला झापा पुग्ने कार्यक्रम छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँले परिवारको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न गृह जिल्ला पुग्नुहुनेछ । असोज १९ गते टीका ग्रहणपछि काठमाडौंं फर्किनुहुने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले दशैं, तिहार र छठ पर्वको अवसरमा मंगलबार गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारस्थित निजी निवासमा यो वर्षको दशैं मनाउँदै हुनुहुन्छ । प्रेस संयोजक सूर्यकिरण शर्माले अध्यक्ष दाहालको टीका लाउने तथा अरूलाई लगाउने कार्यक्रम नरहेको जानकारी दिनुभयो । तर परिवार, नेता, कार्यकर्तासँग भेटघाट तथा आगामी चुनावी तयारीको छलफलमा उहाँ व्यस्त हुनुहुने शर्माको भनाइ छ ।

अध्यक्ष ओलीले दशैं, तिहार र छठ पर्वको अवसरमा मंगलबार गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम राख्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 

यस्तै, सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नी कान्छी आमा शान्ता नेपालको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुहुनेछ । 

अध्यक्ष नेपालकी कान्छी आमा कुपण्डोलस्थित निवासमा बस्दै आउनुभएको छ । यसबाहेक नेपालले कोटेश्वरस्थित निजी निवासमा घर, परिवारका सदस्यलाई टीका लगाउनु हुने उहाँको निजी सचिवालयले जनाएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रायजसो गृहजिल्ला महोत्तरीमा साथीभाइ, नेता कार्यकर्तासँग चाडबाड मनाउँदै आउनु भए पनि यो पटक राजधानीमा दशैं मनाउँदै हुनुहुन्छ । 

हात्तिवनस्थित अध्यक्ष ठाकुरको निजी निवासमा पार्टीका नेता कार्यकर्तालाई उहाँले टीका लगाइ दिनुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रमुख दलका शीर्ष नेताहरूले दशैं तथा आउँदै गरेको तिहार, छठजस्ता चाडपर्वको शुभकामना सन्देश प्रदान गर्नुभएको छ । यस वर्ष भने चाडबाडसँगै मंंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनतर्फ नेताहरूको ध्यान बढी केन्द्रित देखिएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।