• ६ कात्तिक २०८१, मङ्गलबार

कांग्रेस सिद्ध्याउने अधिकार कसैलाई छैन : भण्डारी

blog

बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता चन्द्र भण्डारी। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, असोज १४ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिद्ध्याउने अधिकार कसैलाई नभएको बताउनुभएको छ। कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसँगै रगत प्रयोग भइरहेको भन्दै उहाँले कांग्रेसको बिउँ बाँच्नुपर्ने धारणा राख्नुभयो।

छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित बडादशैं, दीपावली, छठ, नेपालसम्मत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले मङ्सिर ४ गते नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताउनुभयो। कांग्रेस नेतृत्वलाई बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाई समेत उहाँले आग्रह गर्नुभयो। 

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो।