सुदूरपश्चिममा प्रधानमन्त्री देउवासहित तीन मन्त्रीको उम्मेदवारी
सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट सङ्घीय सरकारका प्रधानमन्त्रीसहित तीन जना मन्त्रीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन मन्त्री प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
सभापति देउवाद्वारा उजुरीको जवाफ पेस
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाउनु भएको हो ।
सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्दै
सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित बस्ने उक्त बैठकमा आगामी निर्वाचनको उम्मेदवार तथा बागी उम्मेदवार सम्बन्धमा छलफल गरिने देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
कांग्रेस सभापति देउवाको उम्मेदवारी रद्द गर्न उजुरी
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो ।
दलको विकल्प राजनीतिक दल नै हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा राजनीतिक दलको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो उहाँले भन्नुभयो ।
राष्ट्रियता, संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन : गृहमन्त्री खाण
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
२६ मनोनयन दर्तामध्ये १४ स्वतन्त्र
रुकुमपूर्बमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि जिल्लास्थित विभिन्न राजनीतिक दल र स्वतन्त्रले मुख्य निर्वाचन अधिकृत कार्यालयमा आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचनपछि प्रधानमन्त्री बन्ने कोइरालाको दाबी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ ।
पाल्पामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको पाल्पामा मुख्य दलका उम्मेद्वारबीच प्रतिष्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र गठबन्धन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो ।
काभ्रेमा प्रदेशभन्दा प्रतिनिधिसभामा उम्मेदवारी बढी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी रहेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा प्रदेश सभाभन्दा प्रतिनिधि सभामा उम्मेदवारी दिनेको सङ्ख्या बढी रहेको छ ।
सप्तरीमा यादव र राउतवीच प्रतिस्पर्धा
सप्तरीको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव तथा जनमत पार्टीबाट डा. सिके (चन्द्रकान्त) राउतबीच प्रतिस्पर्धा हुनेभएको छ । दुवैजनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि सो प्रतिस्पर्धा हुनेभएको हो ।
लोसपा अध्यक्ष ठाकुरको महोत्तरीबाट उम्मेदवारी दर्ता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनयन दर्ता गराउनुभएको छ ।
अर्घाखाँचीमा रायमाझी र भुषालको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) बाट अर्घाखाँचीमा टोपबहादुर रायमाझीले मनोनयन दर्ता गर्नुभएको छ ।
बाजुरामा नेता थापाको उम्मेदवारी दर्ता
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेकपा (एमाले) का उम्मेदवारहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार दिउँसो मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न उम्मेदवारी : गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
मनोनयन दर्ता : शीर्ष नेताहरू कसैले वारेसनामा पठाए, कोही आफैँ पुगे
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ । आइतबार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई चुनावी मनोनयन दर्ता गराएका छन् ।
पर्वतमा मनोनयन उत्साहपूर्वक सम्पन्न
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा दलहरुले उत्साहकासाथ मनोनयन दर्ता गराएका छन् ।
सञ्चारमन्त्री कार्कीको सुनसरी ४ बाट मनोनयन दर्ता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
इलामबाट खनाल र नेम्वाङको उम्मेदवारी दर्ता
आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि इलाममा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा क्षेत्रमा गठबन्धन र नेकपा (एमाले) बीच इलाममा रोचक भीडन्त हुने देखिएको छ ।
वरिष्ठ नेता पौडेलद्वारा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । नेता पौडेलले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएको हो ।
प्युठानमा थापा र पौडेलको उम्मेदवारी दर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट मनोनयन दर्ता गर्नुभएको छ । थापाले जिल्ला सदरमुकाम खलंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कैलाली–१ मा चौधरी, रावल र श्रेष्ठको उम्मेदवारी दर्ता
कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट चार पटक प्रत्यक्ष र एक पटक समानुपातिकबाट गरी पाँच पटक प्रतिनिधि सभामा पुग्नुभएका र चार पटक मन्त्री बनिसक्नु भएका नेपाली कांगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कैलाली –५ बाट लक्ष्मण थारुको उम्मेदवारी
थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
स्याङ्जा २ मा गुरुङ र अर्यालको मनोनयन दर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।