• १३ साउन २०८१, आइतबार

राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न उम्मेदवारी : गुरुङ

blog

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने क्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, असोज २३ गते । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियता विरोधी कदमको प्रतिवाद गर्न प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयन दर्ता गराउनुहुँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका उहाँले अहिले देशमा राष्ट्रिय स्वाधीनता ओझेलमा परेको बताउनुभयो । विदेशी चलखेल बढेको भन्दै यसका विरुद्ध उम्मेदवारी दिएको उहाँको भनाइ छ ।

विदेशीको इसारामा नेपालको राष्ट्रियता विरोधी कदम चालेकाले त्यसको प्रतिवादका लागि राष्ट्रिय स्वाधीनतामाथि उठाउन खोजेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनले समृद्धि र सुशासनको अभियानलाई पाखा लगायो । भ्रष्टाचार मौलायो । विकास भएन । यसको विरुद्धमा मेरो उम्मेदवारी हो ।’

उहाँ २०७४ सालमा प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनी विजयी हुनुभएको थियो । प्रदेश सभा ‘क’ मा एमालेको तर्फबाट केन्द्रीय सदस्य, संविधान सभा सदस्य जमिन्द्रमान घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा ‘ख’ मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दिनुभएको छ ।