उपेन्द्र यादव संघीयता विरोधी : कांग्रेस सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमालेसँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव संघीयता विरोधी रहेको कुरा सावित भएको बताउनु भएको छ।
आचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्ने
स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एकीकृत समाजवादीका २२ बागीको उम्मेदवारी फिर्ता
नेकपा (एकीकृत समाजवादी) का २२ जनाले बागी उम्मेदवारी फिर्ता लिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ चार र प्रदेशसभा सदस्यतर्फ १८ जनाले बागी उम्मेदवारी फिर्ता लिएका हुन्।
जित्नेमा म ढुक्क छु : श्रेष्ठ चौधरी
अगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । यसमा नयाँ पार्टीका नयाँ उम्मेदवारहरु पनि समाबेश भएका छन् । ती उम्मेदवारका लागि यो अवसर र चुनौती दुबै हो ।
बागी उम्मेदवारी फिर्ता नगर्नेलाई कांग्रेसको कारबाही : पाँच वर्ष पार्टीबाट निष्कासन
नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्य नरहने गरी पाँच वर्षका लागि निष्कासन गरेको छ।
गठबन्धनका बागी उम्मेदवार कायमै
सत्ता गठबन्धन दलका प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरुद्ध सिन्धुपाल्चोकको दुबै प्रतिनिधि सभामा बागी उम्मेदवार कायम रहेका छन् । गठबन्धन उम्मेदवारबिरुद्ध उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएन ।
एमाले उम्मेदवारको उम्मेदवारी फिर्ता
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा एक जनाले फिर्ता लिएका छन् ।
ताप्लेजुङमा तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ।
उम्मेदवारी फिर्ता लिनेलाई सत्ता गठबन्धनले दियो धन्यवाद
निर्देशन अनुसार बागी उम्मेदवारी फिर्ता लिनेलाई सत्ता गठबन्धनले धन्यवाद ज्ञापन गरेको छ।
लक्ष्मण थारुको उम्मेदवारी रद्द
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु (चौधरी) को उम्मेदवारी रद्द भएको छ ।
अर्यालद्वारा उम्मेदवारी फिर्ता
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. –२ (ख) मा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका नेता नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
सुदूरपश्चिमका प्रभावशाली नेता र मन्त्रीहरु उम्मेदवारीबाटै बञ्चित
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।
कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित
काठमाडौं, असोज २५ गते। नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ। कांग्रेसले विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ। विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ।
विकास र समृद्विका लागि राजनीतिक स्थायीत्व आवश्यक छ : ईश्वर पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउनुभएको छ।
डडेलधुरामा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रुपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्।
सुनसरी–३ मा तेस्रो पटक गच्छदार र चौधरी आमनेसामने
सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
बागी उम्मेदवारी फिर्ता गर्न सत्ता गठबन्धनको निर्देशन
सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
गठबन्धनलाई सहयोग गर्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ ।
हामी एक ढिक्का भएर निर्वाचनमा लागेका छौं : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले आफुलाई काठमाडौं र नवलपरासी लगायतका क्षेत्रबाट निर्वाचनमा उम्मेदवार हुन अनुरोध भए पनि आफुले गृह जिल्लाको क्षेत्र रोजेको बताउनु भएको छ ।
ओखलढुङ्गामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा हुने
ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।