काठमाडौं, असोज २६ गते । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्य नरहने गरी पाँच वर्षका लागि निष्कासन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धन दल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुसार आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतालाई कारबाही गरेको जानकारी गराउनुभएको छ।
मुख्य सचिव पौडेलका अनुसार बागी उम्मेदवार निजका समर्थक र प्रस्तावकलाई कांग्रेसको विधानको धारा ३४ (१) (घ) उल्लङ्घन गरेको भन्दै विधानको धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको हो।
उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान अनुरूप सो कारबाही गरेको हो।