• १२ मंसिर २०८१, बुधबार

जनप्रिय कानुन नेताबाटै तुहाइन्छ : मन्त्री कुँवर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताका पक्षका कानुनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाउनुभएको छ । सोमवार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सो आरोप लगाउनुभएको हो । 

भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरुले दबाब दिने गरेको उहाँले बताउनुभयो । अहिलेको सरकारले पनि श्रम आयोग गठनसम्बन्धी प्रक्रिया तीन पटक मन्त्री परिषदमा पु¥याउँदासमेत एजेण्डा नबनेको उहाँले गुनासो गर्नुभयो । मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा तीन पटक मन्त्री परिषदमा पठाए पनि एजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको बताउनुभयो ।

मन्त्री कुँवरले भन्नुभयो, ‘मजदुर युनियनको माग श्रम आयोग गठन गर्ने सबैको एउटै आवाज थियो । तर आर्थिक वर्ष २०७८।७९ मा कसले घुसाइदियो त्यो श्रम प्रतिष्ठान बनाउने भनेर जानकारी नभएको बताउनुभयो । यसमा अर्थ मन्त्रालय सकारात्मक भएमात्र समस्या समाधान हुने उहाँले बताउनुभयो । 

अर्थमन्त्री तयार भएमा १० दिनमै श्रम आयोग गठन गर्न सकिने पनि उहाँले बताउनुभयो । गठन आदेश मन्त्री परिषदमा छ, त्यसमा किन अड्किएको हो थाहा छैन उहाँले भन्नुभयो । मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्ने तयारी गरिरहेको बताउनुभयो ।