तिलाठीको विकासबारे डा. राउतको चासो
प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउत (सीके राउत) ले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समस्याबारे जानकारी लिनुभएको छ ।
पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
राष्ट्रिय योजना आयोगमा ज्ञवाली, शाक्य र शाही नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड
दुई दिने नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचन : उम्मेदवार मनोनयन दर्ता फागुन १३ गते
राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको छ ।
परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले आज मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।
माओवादी पदाधिकारी बैठक मङ्गलबार पुनः बस्ने
नेकपा (माओवादी केन्द्र) को आज बसेको पदाधिकारी बैठक भोलि (मङ्गलबार) पुनः बस्ने गरी टुङ्गिएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको सांगठानिक विषयमा हिजो र आजको पदाधिकारी बैठकबाट होमवर्क गरेर टुङ्ग्याउने कार्यतालिका रहेपनि भोलि पुनः पदाधिकारी बैठक बस्ने जानकारी दिनुभयो ।
राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै : नेता केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो ।
सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो ।
रेडियोको प्रभावकारितालाई अझै फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सूचना र सञ्चारमा विश्वासिलो माध्यम रेडियो एफएम रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा प्रदेश भेलाको पोखरामा आज उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।
माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो ।
नेता पौडेलद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
शहीद दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै गाउँबाट ६ जना शहीद भएको ‘सहिदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका –८ स्थित पुलिमराङस्थित शहीद स्मारक पार्कमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
शहीदको प्रेरणाबाट समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त : प्रधानमन्त्री
स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।
नेपालका विकास परियोजना अगाडि बढाउन अमेरिका दृढ
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण
शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तयारी भएको छ । सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।
मुलुकमा नवनिर्माणको अघि बढाएर मात्र शहीदले देखाएको मार्ग अनुशरण हुने : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ ।
‘शहीदको सपनालाई मूर्त रूप दिनुपर्छ’
राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ।
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुग्नुभएको छ।