• १६ चैत २०८०, शुक्रबार

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

blog

मतगणनास्थल । तस्बिर : रासस

काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति निर्वाचनको मतगणना भर्खरै सुरु भएको छ। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो। 

नयाँ बानेश्वरस्थित स3|घीय संसद|को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको छ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ।