• १९ पुस २०८१, शुक्रबार

उपराष्ट्रपति पदको निर्वाचन

दुई बजेसम्म सङ्घतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो

blog

उपराष्ट्रपति पदका तीन जना उम्मेदवार झा, शाक्य र यादव । तस्बिर : केशव गुरुङ

काठमाडौं, चैत ३ गते । उपराष्ट्रपति पदको निर्वाचनमा सङ्घतर्फ दुई सय ९१ र प्रदेशतर्फ पाँच सय दश मत खसेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयले दिउँसो २ बजेसम्म प्रतिनिधिसभा संसद्का २९१ र प्रदेशसभा संसद्का ५१० सदस्यले मतदान गर्नुभएको जानकारी दिएको हो ।

उपराष्ट्रपति पदका लागि रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदवार हुनुहुन्छ । तीनै जना उम्मेदवार मतदानमा सहभागी भइसक्नुभएको छ । उपराष्ट्रपतिको मतदान समय दिउँसो ३ बजेसम्म ताेकिएको छ ।