• १२ साउन २०८१, शनिबार

क्रिकेट टिमलाई प्रधानमन्त्रीसहित शीर्ष नेताको बधाई

blog

यूएईलाई ९ रनले पराजित भएपछि नेपाली क्रिकेट टिम । तस्बिर : विकास द्वारे

काठमाडौं, चैत २ गते।  नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको नेपाली टिमलाई शीर्ष नेताले बधाई दिनुभएको हो। 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फेसबुकमार्फत् क्रिकेट टिमलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिनुभएको हो। 

‘‘आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको खेलमा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई’’, सभामुख घिमिरेले बधाई दिँदै फेसबुकमा लेख्नुभएको छ। 

पूर्व प्रधानमन्त्री देउवाले क्रिकेट टिमलाई बधाई दिँदै ट्वीटरमा लेख्नुभएको छ, ‘‘बधाई टिम नेपाल। आइसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई।’’

क्रिकेट टिमलाई बधाई दिनुहुँदै एमाले अध्यक्ष ओलीले ट्वीटरमा लेख्नुभएको छ, ‘‘युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर  विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।’’ 

त्रिवि क्रिकेट मैदानमै पुगेर बिहीबार बिहान प्रधानमन्त्रीसहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र पार्टीका नेताले खेलाडीलाई उत्साहा दिनुभएको थियो। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता खेल समय अवधिभर क्रिकेट मैदानमै बस्नुभएको थियो।