• १३ असोज २०८१, आइतबार

कांग्रेस सभापति देउवाद्वारा मतदान

blog

उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ३ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मतदान केन्द्रबाट सभापति देउवाले मतदान गर्नुभएको हो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।


उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिनुभयो ।