अर्थतन्त्र सुधार्न थप कदम चाल्ने सरकारको तयारी
मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकारले थप कदम चाल्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार राजधानीमा आयोजित ‘अर्थतन्त्रको अवस्था र अबको निकास’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो जानकारी दिनुभएको हो।
सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद
सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा (एमाले)ले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।
सांसदको जुहारी, सभामुख मौन
मन्त्रीहरूले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा व्यक्त गरेका विषयलाई लिएर प्रतिनिधि सभामा सांसदहरूबीच जुहारी चलेको छ। संवैधानिक मूल्य–मान्यताप्रति मन्त्रीहरू जवाफदेही नभएको भन्दै सत्तापक्षकै सांसदले दोहोरी खेल्दा सभामुख देवराज घिमिरे भने मौन बस्नुभएको छ।
सेवाप्रवाह चुस्त बनाउने छौँ: परराष्ट्रमन्त्री
नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको परराष्ट्र नीतिमा व्यापक छलफल नभई मन्त्रालयको वेबसाइटमा राखिएको भन्ने गुनासो बढेका बेला परराष्ट्रमन्त्री विमला राई पौडेलले त्यसलाई थप केही छलफल र सुधार गर्नुपर्ने भएमा सुधार गरेर आम मानिसको पहुँचमा पु-याइने बताउनुभयो ।
रास्वपा खारेजीको मागसहित उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिनुभएको हो। एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गर्नुभएको हो।
परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै
परराष्ट्रमन्त्री विमला राई पौडेल बिहीबार श्रीलङ्का जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो । आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ।
परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउनु हुँदैनः अर्थमन्त्री पौडेल
उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउनु नहुने बताउनुभएको छ।
यातायातमन्त्री श्रेष्ठलाई महासंघले बुझायो १४ बुँदे माग
सार्वजनिक यातायात केन्द्रीय महासंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे माग तथा सुझाव बुझाएको छ।
गढी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
सुनसरीको गढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उदघाटन गर्नुभएको छ । मन्त्री चौधरीले स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो ।
एमाले अध्यक्ष ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौं, माघ १८ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी संसदलाई
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ ।
अनेरास्ववियुमा अध्यक्ष पदका आकांक्षी बढ्दै
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको २३ औँ महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुँदैछ ।
प्रतिनिधि सभाको शून्य समय : आत्मदाहको घटनाबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले इलामका प्रेमप्रसाद आचार्यलगायत देशका अन्य स्थानमा भइरहेको आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपप्रधानमन्त्री लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल
उपप्रधानमन्त्री श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकोले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताउनुभयो। ‘जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो। नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं’’, उहाँले भन्नुभयो।
लेखा प्रणालीलाई विश्वका उत्कृष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको लेखा प्रणालीलाई विश्वका उत्कष्ट मुलुकसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउनुभएको छ।
‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग
यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन्।