• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिद्वारा सांसदको सम्मानमा आयोजित चियापान (फोटो फिचर)

blog

राष्ट्रपतिद्वारा सांसदको सम्मानमा आयोजित चियापानमा सहभागी हुनुभएका प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष । तस्बिर: कविन अधिकारी

काठमाडौँ, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा आज (शनिबार) बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौँ आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्नुभएको थियो ।