• १३ मंसिर २०८१, बिहिबार

मुलुक विद्युतको व्यापार गर्ने अवस्थामा पुगेको छैन : अध्यक्ष ओली

blog

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ३ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युतमा व्यापार गर्ने बेला अझै नभएको बताउनुभएको छ । ६ रुपियाँमा प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपियाँमा विद्युत खरिद गर्नु गलत भएको उहाँको भनाइ छ । आज शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्न विद्युत आवश्यक नभएको गलत प्रचार गर्नेगरेको उहाँले टिप्पणी गर्नुभयो । नेपाल त्यसको भ्रममा पर्न नहुने पनि उहाँको आग्रह छ । अध्यक्ष ओलीले मुलुकभित्रै उद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विक्रीको कुरा गर्न उपयुक्त हुने धारणा राख्नुभयो । भारतले अढाई रुपियाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिनेगरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपियाँमा बेच्ने काम गरेर अन्याय गरेको उहाँले बताउनुभयो । 

नेपाल र नेपालीहरू त्यस्तो अन्याय सहन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विद्युत निर्यात किन गर्नु प¥यो ? पहिले नेपालमै खपत गरौँ । यहाँ रोजगारी सिर्जना गरौँ । उत्पादन उद्योगलाई अघि बढाऔँ । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरौँ । अनि मात्रै व्यापारका कुरा गरौँला ।’ हाम्रो विद्युत सस्तोमा किन्नका लागि भारतले नकिन्ने हौवा फैलाउने गरेको उनको भनाइ छ । “नचाहिएर कसैले किन्छ ? उसकहाँ विद्युत आवश्यकताभन्दा बढी भइसक्यो भने कुनै हालतमा पनि कुनै सर्तमा अनि सित्तै दिए पनि लिँदैन” उहाँले थप्नुभयो, “कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौँ । चाहिएको छ, त्यसकारण किनिराखेको छ ।”

हाम्रो विद्युत क्षमता आवश्यकताभन्दा बढी विकास भइसक्यो भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो । “हाम्री आमा कति बाठी ? ६ मा बेची, १२ मा किनी । अनि हामीलाई ऊर्जा व्यापारको चिन्ता छ हामी यो भन्न सक्दैनौ । यत्रो ऊर्जाको देश एक ११२ वर्ष अगाडि हामीभन्दा १३ वर्ष अघि इन्डियाले सुरु गरेको थियो” अध्यक्ष ओलीले भन्नुभयो । चीनले पनि हामीभन्दा केही अघि तर सानो स्केलमा ऊर्जा उत्पादन सुरु गरेको उहाँले चर्चा गर्नुभयो । 

मुलुकमा देशद्रोही अभियान चलिरहँदा पनि सरकारले नसुनेको उहाँले टिप्पणी गर्नुभयो । व्यवसायी दुर्गा प्रसाईँका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकार सुन्छ कि सुन्दैन ? शान्ति, सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । होइन भने जनताले प्रतिवाद गर्छ ।”