• १३ असोज २०८१, आइतबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

blog

काठमाडौँ, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

पौडेल राष्ट्रपति निर्वाचित हुनुभएपछि उहाँहरूबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो । यही फागुन २५ गते पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।