श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने
सरकारले हिन्दु धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।
क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।
संविधानका आधारमा प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनका आधारमा रहेर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
निराश भएर देश बन्दैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निराश भएर र आत्तिएर देश नबन्ने भन्दै संयमित भएरै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट सुचारु
प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट पुनःसुचारु भएको छ।
क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन सामान्य प्रशासनमन्त्री मोदीको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन अग्रसरता लिनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूतको भेट
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गर्नुभएको छ ।
मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासकाे मत लिने
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिनुहुने भएको छ ।
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक
काठमाडौँ, चैत २ गते । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ । रासस
यसै वर्षभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजाेर
नेपालमा सञ्चालित २४ वटा राष्ट्रिय गौवका आयोजनामध्ये तीन आयोजना चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने समयसीमा छ । तर आयोजनाको भौतिक प्रगति नै कम भएका कारण तोकिएको समयमै सम्पन्न हुन्न कि भन्ने आशङ्का छ ।
प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि पास
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७९ मन्त्रिपरिषद् बैठकबाट पास गरेको छ ।
राजदूतहरूको टोलीद्वारा मुख्यमन्त्री शाहसँग भेटवार्ता
नेपालका लागि युरोपियन युनियन (इयु) तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेको छ ।
मनाङेको पद धरापमा
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ ।
मेलम्चीको विकल्पमा थप स्रोतको अध्ययन
सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ। खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी सुनिश्चित गर्न मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने खोला र भक्तपुरको महादेव खोलाबाट पानी आपूर्ति गर्न योजना अगाडि बढाएको जानकारी दिनुभयो।
स्ववियु निर्वाचनको मुखमा क्याम्पसमा तोडफोड
निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएका विद्यार्थीको नाम मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको हो।
सत्ता गठबन्धन दलको अर्को बैठक बिहीबार बस्ने
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो।
सत्ता गठबन्धनका १० दलको बैठक बालुवाटारमा
सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बालुवाटारमा जारी छ।
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्।
राप्रपा उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ।
मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय
सरकारले नेपाल सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ।
राष्ट्रपति पौडेललाई कांग्रेसको बधाइ
नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ एवम् शुभकामना व्यक्त गरेको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत्र २ गते बिहीबार बस्ने भएको छ।
जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सुरु
निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ। वर्ल्ड लिङ्कले जुम्ला सदरमुकाम खलङ्गामा औपचारिक कार्यक्रम गरेर एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो।