• १५ मंसिर २०८१, शनिबार

राष्ट्रपति पौडेललाई कांग्रेसको बधाइ

blog

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । तस्बिर : कबिन अधिकारी

काठमाडौं, चैत १ गते। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ एवम् शुभकामना व्यक्त गरेको छ। 

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा फागुन २५ गते निर्वाचित राष्ट्रपति पौडेललाई बधाइ ज्ञापन गरेको हो।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा  कांग्रेसले छ दशकभन्दा लामो समयदेखि पार्टीमा आबद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर योगदान पुर्‍याएकोप्रति उहाँलाई उच्च सम्मान पनि प्रकट गरेको हो।

राष्ट्रपति पौडेललाई उक्त पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप कार्यसम्पादन गर्नुपर्ने पनि उक्त विज्ञप्तिमा उल्लेख छ। 

यसैगरी, बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पनि सम्बन्धित निकायलाई निर्देशन गरेको छ।