• ७ वैशाख २०८१, शुक्रबार

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्रीसहित शीर्ष नेताको बधाई

blog

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, चैत ३ गते। नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताले बधाई दिनुभएको छ। शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित हुनुभएका यादवलाई नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएको हो। 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका यादवलाई प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बधाई दिनुभएको छ। 

उपराष्ट्रपतिमा निर्वाचित यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गर्नु भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताले बधाई दिनुभएको हो। 

प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिनुभएको हो। 

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिनुहुँदै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 

शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव विजयी हुनुभएको हो। उहाँले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत प्राप्त गर्नुभयो। एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार रह्यो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २ हजार ५३७ मतभार प्राप्त गर्नुभयो। यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाउनुभएको थियो।