• ४ जेठ २०८१, शुक्रबार

संविधानको पालना पहिलो प्राथमिता : उम्मेदवार यादव

blog

उपराष्ट्रपतिका लागि मतदान गरिसक्नुभएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै रामसहायप्रसाद यादव । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, चैत ३ गते । उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र  राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसक्नुभएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै यादवले  यस्तो बताउनुभएको हो । उहाँले संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

उम्मेदवार यादवले नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमानदारीपूर्वक जनताको पक्षमा काम गर्नेछु ।’’