• १४ वैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति पदको निर्वाचन

उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो

blog

सङ्घीय संसद् भवन नयाँ बानेश्वरको मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुँदै सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ३ गते । उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८  सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति  निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । 

संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधिसम्बन्धी व्यवस्था राष्ट्रपतिसरह हुने व्यवस्था छ ।