काठमाडौं, चैत ३ गते । नेपाल मजदुर किसान पार्टीले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । अध्यक्ष नारायणमा बिजुक्छेको अध्यक्षतामा शुक्रबार बिहान बसेकाे पार्टीको केन्द्रीय सचिवालयको बैठकले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
सचिवालयका सचिव प्रेम सुवालका अनुसार बैठकमा उपराष्ट्रपति निर्वाचनमा पार्टी सहभागी नहुने र यो निर्णय अनुसार पार्टीकाा सांसदहरुलाई निर्देशन दिने निर्णय भएको छ ।