सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको वार्ता भङ्ग
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भङ्ग गरेको छ ।
युवा सङ्घको अध्यक्षमा थेबे सर्वसम्मत
नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेबेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
वर्ष २०७९ : कायम मुकायमकै भारमा न्यायालय
न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ । वि.सं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीश रूपमा वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आउनुभएको छ ।
मीठा नारा र भाषणले देश चल्दैन : नेता सिंह
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मीठा नारा भाषण दिँदैमा देश नचल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले बिहीबार बन्दीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
नयाँ वर्षमा पदक र विभूषण प्रदान गरिँदै
नेपाल रत्न पदवीबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला सम्मानित हुनुहुँदैछ। राष्ट्र गौरवको पदवीबाट राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित हुनुहुँदैछ।
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ।
प्रधानन्यायाधीश सिफारिस गर्न बारको अल्टिमेटम
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । करिब १४ महिनादेखि प्रधानन्यायाधीश रिक्त भएपछि बारले यसअघि राष्ट्रपति, सभामुखलगायतलाई भेटेर नियुक्तिबारे ध्यानाकर्षण गराएको थियो । दस दिनभित्र नियुक्तिको प्रक्रिया सुरु गर्न बारले अल्टिमेटम दिएको हो ।
मिटरब्याज पीडितसँगको वार्ता सहमति नजिक
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित परिवारलाई समस्या समाधान हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृहमन्त्री श्रेष्ठबीच बुधबार गृह मन्त्रालयमा भएको वार्ताक्रममा उहाँले पीडितलाई ढुक्क हुन आग्रह गर्नुभएको हो। वार्ता पुनः बिहीबार बैठक बस्ने गरी टुङ्गिएको छ।
फोहोरको टकराबले पाएन निकास
मन्त्रीपरिषद्ले फोहोर व्यवस्थापनका लागि पहल गर्ने निर्णय गरेको २४ घण्टा बित्दासमेत काठमाडौँ महानगरपालिकासँग कुनै संवाद हुन सकेन। न त मन्त्रीपरिषद्को मङ्गलबारको बैठकले नै भनेजस्तो महानगरपालिका जिम्मेवार देखियो। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराब र अडानका कारण पाँच दिनदेखि मुलुकको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यवस्थापन कार्य ठप्प छ। रोकिएको फोहोर व्यवस्थापन कार्य खुलाउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिका संवादविहीन अवस्थामा छन्।
गणपूरक नपुगेपछि कार्यसूची प्रभावित
प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएको छोटो अवधिदेखि नै गणपूरक सङ्ख्या (कोरम)मा प्रश्न उठ्न थालेको छ। तीन महिनामा बुधबार दोस्रो पटक गणपूरक सङ्ख्या अपुग भएर सदनले नियमित कार्यसूची पूरा गर्न सकेन। सुरक्षण मुद्रणसम्बन्धी विधेयकको दफावार छलफललाई निर्णयार्थ पेस गर्नुअघि नै गणपूरक यकिनको प्रश्न उठेको थियो। यसअघि प्रतिनिधि सभाको १२औँ बैठक पनि गणपूरक नपुगेर प्रभावित भएको थियो। तीन महिनाको अवधिमा दोस्रो पटक प्रतिनिधि सभाले कार्यसूची पूरा गर्न नसकेको हो।
‘देशको सुरक्षार्थ सेना सक्षम’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा आइपर्न सक्ने चुनौती सामना गर्न नेपाली सेना सधैँ सक्षम रहेको बताउनुभएको छ। भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेटको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा प्रभावको पूर्वानुमान गरी उत्पन्न हुन सक्ने चुनौती सामना गर्न नेपाली सेना सक्षम रहने विश्वास व्यक्त गर्नुभयो।
ढाकाकुमार श्रेष्ठको पार्टीको सदस्यता र सांसद पद खारेज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
राष्ट्रिय सभाको बैठक वैशाख ४ गतेका लागि सर्यो
सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाखको भ्रष्टाचार मुद्दा
भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
माग सम्बोधन गराउन हरवा–चरवाहरु प्रदर्शनमा (फोटोफिचर)
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको छातामुनी गोलबद्ध हुँदै मधेस प्रदेशका आठ जिल्लाका हरवा–चरवाहरु ६ बुँदे माग सम्बोधन गराउन प्रदेश राजधानी जनकपुरमा सडक प्रदर्शन गरेका छन् ।
निकुञ्जमा दुई गैँडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष रहन्छ : सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ।
पार्टीलाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : सांसद् श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ।
१३ एसएसपीको डीआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बालबालिकालाई मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई कक्षामा प्रथम हुने नाममा मानसिक तनाव दिन नहुने बताउनुभएको छ ।
एमालेप्रति नागरिकको आकर्षण बढेको दाबी
नेकपा (एमाले) केन्द्रले तय गरेको मिसन ग्रासरुट अभियानका क्रममा कालीकोटमा तीन सय ५५ जना नेता तथा कार्यकर्ता थपिएका छन् । अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित भएका हुन् ।
प्रतिनिधि सभा बैठक : विशेष समयमा विशेष कुरा
प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ।
कृषि आधुनिकीकरणबाट समृद्धि सम्भव छ : अध्यक्ष ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकरणबाट संवृद्धि हासिल हुने बताउनुभएको छ ।