• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक वैशाख ४ गतेका लागि सर्‍यो

blog

फाइल तस्बिर

काठमाडौं, चैत २९ गते। सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ। 

बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

“मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’ सूचनामा भनिएको छ।  रासस