राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ ।
जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ ।
सुदूरपश्चिम एमालेले एकअर्कालाई सिस्नो लगाउने
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा भयो: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो ।
नयाँ वर्षले अवसरलाई सदुपयोग गर्न सकोस: पूर्वराष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना दिनुभएको छ । नयाँ वर्ष २०८० साल र नयाँ दशक समेतको सुखद प्रारम्भको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यालयमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ ।
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ ।
सहमति भएन मिटरब्याजपीडितसँग
गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीचको पाँचौँ पटकको वार्ता निष्कर्षविहीन टुङ्गिएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको वार्तामा समितिको छबुँदे मागमा पूर्ण सहमति हुन जुट्न नसक्दा वार्ता निष्कर्षहीन भएको हो। वार्ता टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले भन्नुभयो, “कानुन संशोधन गर्नेलगायतका नीतिगत निर्णय सरकारले गर्दा अदालतबाट फैसला भएर कार्यान्वयनमा गएको विषयलाई तत्काल सरकारले केही गर्न सक्ने कुरा भएन, यही विषयमा असहमति भइरहेको छ।”
रिट खारेज गर्न प्रधानमन्त्रीको अनुरोध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गर्नुभएको छ। महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३बुँदे लिखित जवाफमा उहाँले आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख गर्नुभएको हो।
न्यायाधीश नियुक्तिको बाटो खोलिदिन आग्रह
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेटेर टोलीले सर्वोच्च न्यायालयको नेतृत्वसहित अन्य न्यायाधीश नियुक्तिका लागि कानुनी बाटो खोलिदिन आग्रह गरेको हो । प्रतिनिधि सभामा विचाराधीन विधेयक पारित गरेर प्रक्रिया तत्काल अघि बढाउन बार पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्डले चाँडै प्रक्रिया सुरु गर्ने आश्वासन बारको टोलीलाई दिनुभएको छ ।
सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस्– कामु प्रधानन्यायाधीश कार्की
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउनुपर्छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राजनीतिक नेतृत्वले विशेष योजना निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ– सभामुख घिमिरे
सभामुख देवराज घिमिरेलेराजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको बताउनुभएको छ ।
यात्रा नयाँ दशकको : समृद्धि र स्थिरताको आकाङ्क्षा
नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका कारण त्यति नै बिर्सनलायक पनि । लामो सङ्क्रमणकालपछि राजनीतिले समाएको लयका कारण आर्थिक प्रगतिको जुन आमअपेक्षा सुरुका वर्षमा थियो, दशकको पछिल्तिर भने त्यो विस्तारै कमजोर बन्यो ।
बारुद किन्ने फाइल भारतीय दूतावासमा
नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।
राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने छौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ ।
राष्ट्रपतिको प्रार्थना : सबै नेपाली स्वस्थ र खुसी रहून्
राष्ट्रपति रामचन्द्र पौडेलले देश विदेशमा रहनु भएका सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको छ ।
काम नगर्ने ठेकेदारको ठेक्का रद्द हुन्छ : मन्त्री ज्वाला
भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयावधिभित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको छ । ठेक्का लिएर सम्झौता गरिसकेका तर समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताउनुभएको हो ।
चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयोः प्रथम राष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताउनुभएको छ।
कारागार विभागमा उपप्रधानमन्त्रीको निर्देशन : दबाब म झेल्छु, तपाईंहरु काम गर्नुहोस्
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
एडीबी बैठकमा भाग लिन अर्थमन्त्री दक्षिण कोरिया जानुहुने
सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन जानुहुने अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।
उत्पादन बढाउन माटोको सुधारमा जोड दिनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाउन सबैभन्दा पहिले माटोकोे सुधार तथा उपचार आवश्यक रहेको बताउनुभएको छ । कमल गाउँपालिकाको – ५ स्थित आदिबासी रंगशालामा शुक्रबार अखिल नेपाल किसान महासंघको ७ औं राष्ट्रिय महासम्मेलनको उदघाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)
सरकारले उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको छ ।