प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै तय हुने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय
नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद् उठेको छ।
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ।
होटल, भवन र अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
उपनिर्वाचन पर्यवेक्षणका लागि छ संस्थालाई अनुमति
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हाे ।
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
मन्त्रीलाई पार्टी कार्यालयमा भेटिने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास, प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने व्यवस्था गरिएको हो।
महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियारलाई आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
लोकतन्त्र र संघीयता रक्षाको लागि मैदानमा छु : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्र विरोधी शक्ति सक्रिय भएकोले उपलब्धि रक्षाको लागि आफू लडाइँको मैदानमा उत्रेको बताउनुभएको छ ।
उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
सबै दलसँग सहमति गरेर सरकारले विधेयक अगाडि बढाउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलसँग सहमति गरेर मात्रै सरकारले विधेयक अघि बढाउने बताउनुभएको छ।
प्रधानमन्त्रीलाई भेट्नु अपराध होइन: नेता भट्ट
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुनै अपराध नगरेको बताउनुभएको छ।
कार्यालयको बोर्ड र छापमा प्रदेशको नाम प्रयोग नगर्न आग्रह
ताप्लेजुङस्थित प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले सरकारीता गैरसरकारीलगायत कार्यालयले आफ्नो बोर्ड, छाप र लेटरप्याडमा कोशी प्रदेश प्रयोग नगर्न आग्रह गरेको छ।
सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने अभिव्यक्तिप्रति सरकार गम्भीर
सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ।
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (मङ्गलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
परिणाममुखी काम गर्न सरकारलाई महामन्त्री थापाको सुझाव
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्याउनु भयो ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
पोस्टबहादुर बोगटी स्मृति कपको उद्घाटन
प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएको छ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा टुङ्ग्याउन पहल सुरु
शीर्ष तीन दलले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउन पहल सुरु गरेका छन् ।
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा सुरु
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
विज्ञापनलाई हाबी हुन नदिन नियमन गर्न आवश्यक : राज्यमन्त्री अन्सारी
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले समाजमा विज्ञापनले झन्डु बामको काम गर्ने हुँदा यसलाई हाबी हुन नदिन नियमन गरेर लैजानु पर्ने बताउनुभयो ।