‘सङ्घीयताको विरोध गर्नु औचित्यहीन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपाल रुपन्देहीको २४औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले पर्याप्त परीक्षणबिना र कुनै आधारबिना सङ्घीयताको विरोध गर्नु उचित नभएको तर्क गर्नुभयो।
रास्वपा सांसद कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ।
परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
बीपीको बाटोमा देश हिंडाएका छौँ : नेता रिजाल
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ ।
सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रियताको विषयमा मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियता सङ्कटमा पर्दै गएको बेला मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
विदेशीले देश लुटे पनि सत्तामा बस्नेहरू बोलेनौँ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप लगाउनुभएको छ । विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
‘परिवर्तन उल्ट्याउने प्रपञ्च भइरहेको छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताउनुभएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ। त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन।”
विपत् न्यूनीकरण कार्ययोजना कमजोर
नेपालमा बहुप्रकोपीय विपत् बढ्दै गए पनि त्यसको रोकथाम पक्ष निकै कमजोर देखिएको छ। सरकारले राष्ट्रिय विपत् कोषमा आवश्यक रकमको जोहो गरिदिए पनि त्यसको सही उपयोग नहुँदा विपत्पीडित समुदायले न्याय पाउन सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनअनुसार कोषको आधा रकम पनि बल्लतल्ल खर्च भएको छ।
निजामती सेवा ऐन मस्यौदा: कर्मचारी असन्तुष्ट
सङ्घीय निजामती सेवा ऐनको मस्यौदा कर्मचारीमैत्री नभएको भन्दै निजामती कर्मचारीमा असन्तुष्टि देखिएको छ। वृत्ति विकासका लागि नायबसुब्बा र सोभन्दा तलका कर्मचारीलाई सो मस्यौदा बाधक हुने भन्दै कर्मचारीले विरोधमा उत्रिने योजना बनाएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले प्रस्तावित ऐनको मस्यौदामा नासुबाट अधिकृतमा बढुवा हुन अहिलेको निजामती सेवा ऐनमा भएको व्यवस्थाभन्दा पनि घटाएर प्रतिशत निर्धारण गरिएकोमा आफूहरूको आपत्ति रहेको बताउनुभयो। उहाँका अनुसार अहिले निजामती सेवा ऐनमा नासुबाट अधिकृतमा बढुवा हुँदा ३० प्रतिशत व्यवस्था भएकोमा सोलाई घटाएर मस्यौदामा २० प्रतिशतमा झारेकाले राजपत्र अनङ्कित कर्मचारीलाई मर्का परेको, नासुबाट अधिकृतमा बढुवा हुँदा ७० प्रतिशत खुला र १० प्रतिशत अन्तरतहको प्रस्ताव मस्यौदामा गरिएको छ।
मुलुकको समस्या समाधानका लागि दलबीच एकता आवश्यक छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलकुको समस्या समाधानको लागि दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ।
मन्त्री मोदी अमेरिका प्रस्थान
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गर्नुभएको हो ।
नव वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह आयोजना गरेको छ।
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८४ पटक रक्तदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ पटक रक्तदान गर्नुभएको छ।
सिस्नु लगाएर सुदूरपश्चिममा बिसु पर्व मनाइयो
नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले
राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आज (शुक्रबर) देखि कार्यान्वयन सुरु गरिएको छ ।
बढ्दै कोरोना : एकै दिन ३२ जना आइसोलेसनमा भर्ना
पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ सय २४ जनाको कोरोना परीक्षण गर्दा १३६ जना कोरोना सङ्क्रमित थपिएका छन्।
नेकपा एसले स्थापना दिवस मनाउने
नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ।
सरकारको आम्दानीभन्दा खर्च धेरै
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ ।
जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ ।
सुदूरपश्चिम एमालेले एकअर्कालाई सिस्नो लगाउने
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।