भरतपुर महानगरपालिकामा दाहालको अग्रता
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ।
मतगणनास्थलमा कडा सुरक्षा
झापाका १५ वटै स्थानीय तहमा कडा सुरक्षाघेरा भित्र मतगणना जारी छ।
विजयनगर गाउँपालिका-१ मा एमाले विजयी
जानु पाण्डे, कपिलवस्तु, वैशाख ३१ गते। कपिलवस्तुमा नेकपा एमालेले विजय सुरुवात गरेको छ। विजयनगरमा गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको हो। वडा अध्यक्षमा इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ। जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बुधराम चौधरीले ५०१ मत प्राप्त गरेर दोस्रो हुनुभएको छ।
पाँचखाल– १३ मा मङ्गलबार पुनः मतदान हुने
केदार तिमल्सिना बनेपा, वैशाख ३१ गते । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा स्थगित भएको मतदान प्रक्रिया जेठ ३ गते मङ्गलबार पुनः सञ्चालन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय पाँचखालका अनुसार विवादका कारण नगरपालिकाको वडा नम्बर–१३ स्थित श्रीराम मावि मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पाँचखाल नगरपालिका–१ स्थित श्रीराम मावि क र ख मतदान केन्द्रको पुनः मतदान गर्ने गरी सूचना टाँस गरिएको बताउनुभयो । उहाँले मङ्गबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने तयारी गरिएको बताउनुभयो । विवाद भएपछि शुक्रबार नै सर्वदलीय बैठक राखेर मतदान सुचारु गर्न प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
वीरगञ्ज महानगरपालिकाको मतगणना
मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाको मतगणना शनिबार दिउँसो सुरु भएको छ ।
काठमाडौं महानगरको मतगणना (फोटो फिचर)
काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन्।
भक्तपुरको तीन नगरमा काँग्रेस र एकमा नेमकिपाको अग्रता
भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन्।
तरुण दल अध्यक्ष साउद वडाध्यक्षमा निर्वाचित
पुष्कर भण्डारीडडेलधुरा, वैशाख ३१ गते।नेपाली कांग्रेस डडेलधुरा तरुण दल अध्यक्ष शेरबहादुर साउद वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसबाट नवदुर्गा गाउँपालिका–१ मा उम्मेदवार रहनु भएका उहाँ निर्वाचित हुनुभएको हो।५८४ मतसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय नवदुर्गाले जानकारी दिएको छ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवारले ४४१ मत प्राप्त गर्नुभएको छ।यस वडामा गएको निर्वाचनमा नेकपा एमालेले जितेको थियो।
जुगल गाउँपालिका-१ मा कांग्रेस विजयी
चित्र मिजारसिन्धुपाल्चोक, वैशाख ३१ गते। जुगल गाउँपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनक तामाङले ५८४ मत ल्याएर विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका कमल थापाले ५ मत अन्तरले पराजित हुनु भएको छ।जुगल गाउँपालिका-१ को मतगणनासम्म सो गाउँपालिकामा एमाओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ। गठबन्धनका रेशम स्याङबाले ९७५ र कांग्रेसका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले ८५९ मत ल्याएर अग्रता कायम राखेका छन्।