• ७ जेठ २०८१, सोमबार

मतगणनास्थलमा कडा सुरक्षा

blog

विष्णुप्रसाद पोखरेल
दमक, वैशाख ३१ गते।
झापाका १५ वटै स्थानीय तहमा कडा सुरक्षाघेरा भित्र मतगणना जारी  छ। झापामा अधिकांश ठाउँमा फरक फरक किसिमको गठबन्धन रहेको छ भने कतिपय पालिकामा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा लडेका छन्। झिनो मतान्तरमा राजनीतिक दलको प्रतिस्र्धा भइरहेको छ।

सबै पालिकामा मतगणनास्थलमा तारजाली लगाएर सीसी क्योमेरासमेत राखेर सुरक्षा निगरानी भइरहेको छ। पत्रकारहरुलाई समेत मतगणनास्थलमा जानलाई कडाई गरिएको छ। शनिवार बिहानदेखि मतगणना शुरु भएपनि कुनै पनि पालिकामा मतगणना सकिएको छैन।

बाह्दशीको एउटा वार्डमा मात्र मतगणना सकिएको छ। वडाध्यक्षमा आफ्नो प्यानलसहित नेपाली कांग्रेसका उम्मेद्वार टेकबहादु राजवंशी निर्वाचित हुनुभएको छ। खुला वडा सदस्य पदमा कांग्रेसकै विजयप्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित हुनुभएको छ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीसहितको प्यानल नै विजयी भएको हो। 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकामा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय झापाको सवारी साधनमा नमुना मतपत्र भेटिएको भन्दै विवाद निस्केपछि विर्तामोडमा गठबन्धनका कार्यकर्ताले केहिबेर नाराबाजी गरेकाछन्।

प्रहरीले नगरपालिका परिसरलाई घेराउ हाल्दै कडा सुरक्षा दिएको छ। मतगणना जारी रहेको छ। यहाँ नेकपा एमालेकी नगर प्रमुख उम्मेद्वार पवित्रा महतराले अग्रता लिनु भएको छ।