• १६ असार २०८१, आइतबार

इनारमा डुबेर बालिकाको मृत्यु

blog

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असार १३ गते । कपिलबस्तुको महाराजगञ्ज नगरपालिका वडा १ पल्टामा इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका १ पल्टाका रामदास कुर्मीकी सात वर्षीया छोरी अनिता कुर्मीको इनारमा डुबेर मृत्यु भएको हो । 

कपिलबस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार कुर्मी इनारमा डुबिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महाराजगञ्ज र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो । 

कुर्मीको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । सो घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।