• १३ वैशाख २०८१, बिहिबार

काठमाडौं महानगरको मतगणना (फोटो फिचर)

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख ३१ गते। काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन्। 

भृकुटीमण्डपको राष्ट्रिय सभागृहस्थित मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार महानगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १९५ मत प्राप्त गर्नुभएको छ। 

नेपाली काँग्रेसका सिर्जना सिंहले १३५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमले)का केशव स्थापितले १११ मत प्राप्त गर्नुभएको छ। 

शनिबार दिउँसो ४ः२५ बजेसम्म करिब पाँच सय मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत प्राप्त गर्नुभएको छ।

महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छैन। तस्बिरः मनोजरत्न शाही