• १६ असार २०८१, आइतबार

महिलालाई सिपमुलक तालिम आवश्यक

blog

बिन्दु थापा 

पाल्पा, असार १३ गते । महिलालाई सक्षम बनाउन सिपमुलक र आयमुलक तालिम आवश्यक रहेको तानसेन नगरपालिका ११ का महिलाले बताउनुभएको छ ।  वडाले आयोजना गरेको महिला सशक्तीकरण तालिमको समापन समारोहमा उहाँहरुले यस्तो बताउनुभएको हो । 

तानसेन नगरपालिका ११  बडरबोटकी लक्ष्मी घिमिरे महिलाले आर्थिक समस्याका कारण हिंसा सहन बाध्य भएको बताउदै हिंसाको अन्त्यका लागि पनि महिलाहरु रोजगार बन्नुपर्ने बताउनुभयो । घिमिरेले महिलाका लागि छुट्याएको बजेट महिलाकै क्षमता अभिबृदि र दक्षता बढाउन पर्ने महिलाका बनेका नीति नियम  कार्यान्वयन गर्नपर्ने बताउनुभयो । 

तानसेन नगरपालिका ११ बाझाकि माया साखुले नगरपालिकामा महिलाका नाममा बजेट छुट्टाउने तर खर्च अन्य पुर्वाधार विकासमा खर्च गरिनु गलत भएकाले मानवीय विकास त्यसमा पनि महिलाको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम गरिनुपर्ने बताउनुभयो । 

यस्तै, महिला समन्वय समितिका अध्यक्ष गिता भाट, सिर्जना बोहोराले महिलाबारे बनेका सरकारी नीति नियम र कानुनबारे आम नागरिकलाई सुसूचित बनाउने प्रतिवद्ध निकाय नहुँदा ठूलो सङ्ख्यामा महिला पछाडि परिरहेको बताउनुभयो । 

तानसेन नगरपालिका अध्यक्ष यादव सिंह कार्कीले  महिला अधिकारलाई अधिकारका रूपमा नलिएर दया, माया र निगाहका रूपमा लिने समस्या रहेको बताउनुभयो । तानसेन नगरपालिका ११ मा गत बर्ष भैंसी वितरण गरिएको र त्यो भैसिबाट दूध बेचेर लाखौ आम्दानी गरेको भन्दै अबको आर्थिक बर्ष पनि कृषिमा ५० प्रतिशत बजेट छुट्याउने योजना रहेको बताउनुभयो ।