कैलालीमा रेशम चौधरीको पार्टीलाई आकर्षक मत
अविनाश चौधरीधनगढी, जेठ ७ गते। १३ स्थानीय तह रहेको कैलालीमा १२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म चार पालिकामा विजयी हुँदै नागरिक उन्मुक्ति पार्टी पहिलो शक्ति बनेको छ। टीकापुर, भजनीमा मेयर र उपमेयर दुवै पद उन्मुक्ति पार्टीले जितेको छ। जोशीपुर गाउँपालिकामा काँग्रेसकाे गढ भत्काउँदै अध्यक्ष, उपाध्यक्ष दुवै र जानकी गाउँपालिकामा गठबन्धनलाई पाखा लगाउँदै अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ। १२ पालिकाको नतिजा आउँदासम्म नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरेर तीन पालिका जितेको छ। नेकपा (एमाले)ले चुरे र बर्दगोरिया गरी दुई, नेकपा (माओवादी केन्द्र)ले गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिका गरी दुई पालिकामा प्रमुख जितेका छन्। यसैगरी, नेकपा (एकीकृत समाजवादी) ले घोडाघोडी नगरपालिकामामात्रै प्रमुखमा जित हात पारेको छ। अन्तिम नतिजा आउन बाँकी रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक हुनुहुन्छ। नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु निर्वाचित हुनुभएको छ। उहाँले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई तीन हजार मतान्तरले पराजित गर्नुभयो। थारुले नौ हजार ६४२ मत प्राप्त गर्नु भएको छ। यसैगरी, भजनी नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजार ७६८ मतान्तरले पराजित गरेर नागरिक उन्मुक्तिका केवल चौधरी मेयरमा विजयी हुनुभयो। उहाँले आठ हजार ९६६ मत प्राप्त गर्नुभयो। उपमेयरमा सोही पार्टीका राजुदेवी तिरुवा सात हजार ६२२ मत पाएर विजयी हुनुभएको छ। उहाँले नेपाली काँग्रेसका गोकेन्द्र भण्डारीलाई तीन हजार १३२ मत बढी ल्याउनुभएको छ।यस्तै, नेपाली काँग्रेसको गढ मानिएको जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी विजयी भयो। नेपाली काङ्ग्रेसका बन्सराम बडायकलाई एक हजार ५३५ मतान्तरले पराजित गरी अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभयो। उहाँले चार हजार ९०३ मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा चार हजार ५८१ मत प्राप्त गरेर रेखादेवी कठरिया विजयी हुनुभयो। उहाँले ६२० मतान्तरले माओवादी केन्द्रका दीर्घराज बिनाडीलाई पराजित गर्नुभयो। जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी सात हजार १५१ मत पाएर अध्यक्षमा विजयी हुनुभयो। उहाँले एक हजार ९०९ मतान्तरले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार परशुराम महतौं (कठरिया) लाई पराजित गर्नुभयो। उपाध्यक्षमा छ हजार ५६२ मत पाएर नागरिक उन्मुक्ति पार्टीकै लालमतिदेवी कठरिया विजयी हुनुभयो। उहाँले एक हजार ७०४ मतान्तरले नेकपा (एमाले) का गीता चौधरीलाई पराजित गर्नुभयो। २०७८ पुस २० मा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको थियो। यसको नेतृत्व रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले गरिरहनुभएको छ। नागरिक उन्मुक्ति पार्टीले फागुनमामा चुनाव चिन्ह पाएको थियो।
धनुषाको सबैला नगरपालिकामा माओवादी विजयी
धनुषाको सबैला नगरपालिकामा नवनिर्वाचित नगर प्रमख कारीराम यादव र उपप्रमुख रहिमा खातुन। तस्बिर : विजयकुमार साह
सरकारी गाडीको दुरुपयोग रोक्न बनेन योजना
गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख शिवराम पोखरेले सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि सरकारी गाडीको दुरुपयोग हुनबाट के कसरी बचाउने भन्ने विषयमा कुनै योजना बनी नसकेको बताउनुभयो ।
तीन सय स्थानमा विजयी भई कांग्रेस सबैभन्दा अगाडि
यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख-अध्यक्ष निर्वाचित हुने स्थानीय तहको सङ्ख्या तीन सय पुगेको छ । शुक्रबार राति अबेरसम्म आएको मत परिणामअनुसार काँग्रेसका उम्मेदवारहरूले तीन सय स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?
देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।
६६१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो २९६ पालिका
स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ।
बलात्कारविरुद्ध कडा कानुन बनाउन डा. आरजुको अनुरोध
काठमाडौं, जेठ ६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध गर्नुभएको छ।उहाँले बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र उक्त कानून छिटो प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न पनि संसद्लाई अनुरोध गर्नुभएको छ।यसबारे सामाजिक सञ्जालमार्फत् धारणा शुक्रबार सार्वजनिक गर्नुहुँदै डा. देउवाले भन्नुभएको छ, ‘‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन्। उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ।’’बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा नभएको उहाँको भनाइ छ। डा. देउवाले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष लाग्नसक्ने बताउनुभयो। उहाँले भन्नुभएको छ, ‘‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्।’’बलात्कारको उजुरी दिने समय सीमाबारे प्रश्न गर्दै डा. देउवाले भन्नुभएको छ, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’’नेपालले अब कानून परिवर्तन गर्दै समय सीमा हटाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाइ गर्नु नहुने उहाँको भनाइ छ। ‘‘एकजना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन्, म उनको साहसलाई कदर गर्छु’’, उहाँले थप्नुभयो।यससम्बन्धी कानुनलाई शीघ्र पारित गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले महिला हिंसाबाट बचाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ। उहाँले थप्नुभएको छ, ‘‘म नेपाल सरकार र विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु।’’
खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वान
काठमाडौं, जेठ ६ गते। खानेपानी मन्त्री उमाकान्त चौधरीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीसहित अन्य प्रकारका रोगको रोकथाम गर्न खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्त्व बढ्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघअन्तर्गतको ‘स्यानिटेसन एण्ड वाटर फर अल’ द्वारा इन्डोनेसियाको राजधानी जकार्तामा जेठ ४ र ५ गते आयोजना भएको मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। मन्त्री चौधरीले जलवायु परिवर्तनको असरबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा परिरहेको असर न्यूनीकरण गरेर दिगो समाधान गर्न उपयुक्त संस्थागत क्षमता विकास तथा थप लगानीको आवश्यकताको क्षेत्र पहिचान गरी सिकाइको आदान प्रदान गर्न सम्मेलनले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। ‘बिल्डिङ फरवार्ड बेट्टर फर रिकोभरी एण्ड रिसाइलेन्स’ विषयमा भएको छलफलमा बोल्दै मन्त्री चौधरीले संघीय प्रणाली अनुरुप खानेपानी सरसफाइ र स्वच्छता सेवामा प्रभावकारिता कायम गर्न तथा चुनौतीको सामना गर्न तीन तहकै सरकार र सरोकारवालासँगको सहकार्यमा जोड दिनुभयो। मन्त्री चौधरीले कार्यक्रममा सहभागी विकास साझेदारहरुलाई नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभयो। सम्मेलनमा भाग लिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली जकार्ता गएको थियो।
सरकारको नीति तथा कार्यक्रम मंगलबार हुने
सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ।