प्रतिनिधिसभा बैठक जारी
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभामा तीन प्रतिवेदन पेश
राष्ट्रियसभा बैठकमा तीन प्रतिवेदन पेश भएको छ । सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो ।
संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सांसद बेल्बासेको माग
नेकपा (माओवादी केन्द्र)का सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद सात सदस्यीय बनाउन सरकारसँग माग गर्नुभएको हो ।
खेलाडीलाई पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग
सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।
प्रधान न्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा
प्रतिनिधि सभाले प्रधान न्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।
आइतबारको संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे छलफल हुने
प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।
संसदीय समितिको प्रश्न- ‘प्रधानसेनापति आईपीएसको बैठकमा किन’
संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ।
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख भुसाल
प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाल (गौतम)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताउनुभएको छ ।
‘पत्यायन विधेयकले निरीक्षण, परीक्षण र प्रमाणिकरण कार्यलाई व्यवस्थित गर्छ’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ।
शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
किसानलाई छिटो मल उपलब्ध गराउन सांसद संग्रौलाको माग
नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारी र निजी विद्यालयका शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग माग
सांसद मीना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताउनुभयो ।
निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ : सांसद रावल
नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिस बैठकमा बोल्नुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।
विप्लव समूहका नेतालाई पक्राउ पुर्जी जारी गरेको प्रति सांसद भट्टराईको आपत्ति
नेकपा (एमाले)का सांसद विशाल भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको प्रति आपत्ति जनाउनुभएको छ ।
पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक जारी
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ।
छानबिन समितिको निष्कर्ष : अनधिकृत व्यक्तिको प्रसङ्ग सान्दर्भिक देखिएन
अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात र सीसीटीभी फुटेजको अध्ययनमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको समितिको निष्कर्ष निकालेको हो ।
संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ)
बजेटमा करका दरहरु हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।
‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा
प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उच्चपदस्थ व्यक्तिले सिद्धबाबालाई भेटेकोप्रति सांसद तुम्बाहाङ्फेको आपत्ति
नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
प्रतिनिधिसभा बैठक जारी
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।