प्रतिनिधि सभा बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मङ्गलबार दिउँसो १ बजेबाट बस्दैछ ।
बस्दै नबसी प्रतिनिधि सभा बैठक स्थगित
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक आज बस्दै : टोपबहादुर रायमाझीको पद निलम्बन गरिने
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
अवैध सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन संसद्को ध्यानाकर्षण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठुलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ।
प्रधानन्यायाधीश नियुक्तिबारे शीर्ष तहमा छलफल
संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
एमालेद्वारा संसदीय समितिको पूर्णता माग
सांसद एवम् प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गर्नुभएको छ। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभयो।
मुलुकको अवस्था परिवर्तनमा नेतृत्व अलमलियो : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ । निरंकुशताका अनेक जन्जाललाई तोड्दै राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि नेपाली जनताको अवस्था परिवर्तन गर्नमा नेताहरु अल्मलिएको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्योः सांसद गौतम
राष्ट्रिय सभा सांसद वामदेवगौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ ।
गणपूरक सङ्ख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।