• ७ वैशाख २०८१, शुक्रबार

शतप्रतिशत सांसदले विश्वासको मत दिने आशा छ : प्रधानमन्त्री प्रचण्ड

blog

फाइल तस्बिर

काठमाडौं, चैत ५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो। 

पहिला ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘‘मैले त आशाको कुरा गर्दा पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’’ 

प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उहाँलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।