काठमाडौं, फागुन २८ गते । भोलि (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिनुभयो ।
सचिव फुयाँलका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा आगामी चैत ८ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गर्नुभएको छ ।