• १५ मंसिर २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधि सभा सदस्यबाट राजीनामा

blog

राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्नुहुँदै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराउनुभएको छ ।

साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।  रासस