राष्ट्रिय कृत्रिम बौद्धिकता नीतिको मसौदा तयार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मसौदा तयार पारेको छ ।
कांग्रेस महाधिवेशन २०८३ भित्र
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
‘सामाजिक सञ्जाल नियमन गर्नु पर्छ’
सत्ता साझेदार दल, प्रतिपक्षी दल र कानुनविद्ले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने बताएका छन् ।
सत्ताइस वर्षपछि दिल्लीमा भाजपा
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।
बाबुआमासँगै बालबालिका पनि मुगलान
सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् ।
पाँच दिने उदघोषण तालिम सम्पन्न
ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका ४ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
पेशागत महासंघ लमजुङमा घिमिरे
विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
गोरखाका किसान व्यावसायिक कफि खेतीतर्फ आकर्षित
गोरखाको चार वटा पालिकाका किसानहरू व्यावसायिक कफि खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको बारपाका सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका किसानहरु व्यवसायिक रुपमा कफि खेतीतर्फ आकर्षित भएका हुन् ।
तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभा : बाल केन्द्रित कानुन पारित
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभाले बालबालिका केन्द्रित तीन वटा कार्यविधिसँगै १४ वटा कार्यविधि सर्वसम्वत पास गरेको छ ।
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
जिल्लाको पर्यटकिय क्षेत्रसँग जोडिएको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण गरिएको छ । २०७८ साल असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढी र पहिरोका कारण भवन र विद्यालयमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो ।
भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले भन्सार चोरी निकासीका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट भन्सार चोरी निकासीका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ऋण लिनु गलत होइन, सदुपयोग नगर्नु गलत हो : उपाध्यक्ष अधिकारी
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कार्यान्वयन गर्नै नसकिने योजना बनाउनुभन्दा कार्यान्वयन गर्न सकिने मात्र योजना बनाएर विकास निर्माणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
मान्द्रेढुङ्गा–छेपेटार सडक कालोपत्रे
गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका पुग्न सबै भन्दा छोटो दूरीमा रहेको गोरखा क्याम्पास–मान्द्रेढुंगा–छेपेटार सडकअन्तर्गत गोरखा क्याम्पासदेखि मान्द्रेढुंगासम्म झण्डै एक किलोमिरटरको दूरीमा पर्ने सडक कालोपत्रे भएको छ ।
मुकुन्देश्वरी मन्दिरको पुनर्निर्माण सुरु
पर्यटकीय नगरी बन्दीपुर बजार नजिककै पश्चिम क्षेत्रमा रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । सेनवंशी राजाहरुको इतिहास तथा धार्मिक महत्त्व बोकेको बन्दीपुर गाउँपालिका–२ मुच्चुकस्थित यस गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बन्दीपुर गाउँपालिका तथा स्थानीयवासी जुटेका हुन् ।
गुल्मीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप
गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९५ दशमलव ६० प्रतिशतले लगाएका छन् । यस जिल्लामा माघ २२ गतेदेखि सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।
चार गोलिया काठसहित तीन पक्राउ
साझेदारी वन क्षेत्रबाट काठ चोरी गरेको आरोपमा कैलालीमा चार गोलिया काठसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटेको वनकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
देशभरका बरघर दाङमा भेला हुँदै
देशभरका बरघरहरू दाङको दङ्गीरशण ३, चखौरामा भेला हुँदैछन् । थारू समुदायको प्रथा जनित संस्थाको रूपमा मानिँदै आएका बरघरहरू भेला हुन लागिएको मटावाँ, बरघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालयमा लागेकाे आगाे नियन्त्रणमा
काठमाडौँ, माघ २६ गते । काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । उक्त आगाे नियन्त्रणमा आएकाे छ ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
श्रीस्वस्थानी स्वस्थानको वृत्तान्त
स्वस्थानी कथामा वर्णन गरिएको लावण्य देश कहाँ पर्छ ?
तपस्वी कपिलानन्द गिरीको मूर्ति
म्याग्दी, माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गर्नुभएको थियो । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो । तस्बिरः रासस
खानेपानीको जोहो
दाङ, माघ २६ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय सार्वजनिक धाराबाट खानेपानी भर्दै । तस्बिरः रासस