• २६ माघ २०८१, शनिबार

पेशागत महासंघ लमजुङमा घिमिरे

blog

पेशागत महासंघ लमजुङको निर्वाचित कमिटी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २६ गते । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । 

महासंघको उपाध्यक्षमा नारायण कुसुम, महिला उपाध्यक्षमा शोभा के.सी, सचिवमा श्रीकृष्ण घिमिरे, सहसचिवमा सन्तोष शाह र कोषाध्यक्षमा यशोदा गुरुङ निर्वाचित हुनुभएको छ । 

१५ सदस्यीय कमिटीको सदस्यमा आदित्य विक, कृष्ण थापा, मदन गुरुङ, सोविना दिक्षित, पूर्ण तामाङ, विष्णुबहादुर थापा, नवराज बराल, कृष्ण थापा र सुवास रिमाल निर्वाचित हुनुभएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा जयन्ती दिक्षित थापालाई चयन गरेको छ । 

अधिवेशनलाई एमाले जिल्ला कमिटी उपाध्यक्ष जीतबहादुर गुरुङ, सचिव राजेन्द्र बोहरा, पेशागत महासंघ जिल्ला इञ्चार्ज मेनबहादुर घले, एमाले जिल्ला कमिटी सचिवालय सदस्य जुन तामाङले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले पेशागत सुरक्षाका लागि सबै पेशाकर्मीहरु एकजुट हुनुपर्ने र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।