मदिरा सेवनले एकको मृत्यु
मोरङको उर्लाबारी–९ छिन्ताङ्गे टोलका ४९ वर्षीय नरेन्द्र लावतीको अत्यधिक मदिरा सेवन गरेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवका अनुसार छिमेकी डिगबहादुर खड्काको घरको वरण्डामा सोमबार बिहान नरेन्द्र मृत अवस्थामा भेटिएका थिए ।
अनुमति नलिई अस्पतालको नाम परिवर्तन
नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सरकारी निकायबाट अनुमति नलिइ नाम परिवर्तन गरेको छ ।
लुम्बिनीलाई सडकआश्रित मानव मुक्त घोषणाको तयारी
लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।
घोराहीमा बहुभाषी काव्य उत्सव हुने
दाङमा बहुभाषी काव्य उत्सव हुने भएको छ ।
फोहोर नउठेपछि कावासोती दुर्गन्धित
नगरपालिकाले झुक्याएको भन्दै नवलपुरको डण्डामा रहेको अङ्कुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि सदरमुकाम कावासोती दुर्गन्धित बनेको छ ।
पत्रकारलाई आएको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण
कैलालीका पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।
कैलालीमा साढे दुई हजार जलपन्छी अभिलेख
कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा जलपन्छी अभिलेख गरिएको हो ।
लमजुङमा भूकम्पको धक्का
लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मुस्ताङको पुटाक गाउँ
मुस्ताङ, फागुन १२ गते । बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रापालनबाट राम्रो बन्दै गएको छ । तस्बिरः रासस
सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव
सर्लाही, फागुन १२ गते । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उहाँ तत्काल बरहथवा नगर अस्पताल पुग्नुभयो । तर अस्पतालले भ्याक्सिन नहुँदा उहाँलाई फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु. छ सय ५० तिरेर भ्याक्सिन लगाउनुभयो । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुग्नुभयो । तर चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरि निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाउनुभयो । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाउनुभयो । शुक्रबार अस्पताल परिसरमा भेटिनुभएका उहाँले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताउनुभयो । अस्पतालले रु. दुई सय लिने भ्याक्सिन बाहिर रु. छ सय ५० तिर्नुपर्दा महँगो परेको उहाँले बताउनुभयो । “गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उहाँले भन्नुभयो । चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उहाँले भन्नुभयो, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उहाँको भनाइ छ । बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उहाँलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु(याए । तर उहाँले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाउनुभएन । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए । त्यसपछि उहाँ लालबन्दी नगरपालिकाको एक निजी क्लिनिकमा पुगेर भ्याक्सिन लगाउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिनुभयो । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् । जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महँगाेमा किनेर लगाउनुपर्ने बाध्यता छ । जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भए पनि कहिले महिना दिन, कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो । औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरे पनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाहीँ १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउनुहुन्छ । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भए पनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनैपर्ने दवाब हुने उहाँले बताउनुभयो । भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताउनुभयो । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उहाँले बताउनुभयो । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उहाँको भनाइ छ । गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालमा रेबिजविरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उहाँले स्वीकार्नुभयो । हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एकतिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षित वर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन १२ गते । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैँकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपियाँ ४३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपियाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ८९ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपियाँ ०३ पैसा र बिक्रीदर ८८ रूपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपियाँ ३५ पैसा र बिक्रीदर ९७ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रूपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैँकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपियाँ २७ पैसा र बिक्रीदर नौ रूपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०९ पैसा र बिक्रीदर १९ रूपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ९२ पैसा र बिक्रीदर ३७ रूपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपियाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैँकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ १२ पैसा र बिक्रीदर चार रूपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६९ पैसा र बिक्रीदर ३७ रूपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ३३ पैसा र बिक्रीदर ३१ रूपियाँ ४७ पैसा तोकिएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ६५ पैसा र बिक्रीदर नौ रूपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ र बिक्रीदर १३ रूपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपियाँ ५० पैसा निर्धारण भएको छ । राष्ट्र बैँक हङकङ डलर एकको खरिददर १७ रूपियाँ ८२ पैसा र बिक्रीदर १७ रूपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपियाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रूपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपियाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रूपियाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रूपियाँ ६४ पैसा तय गरिएको छ । त्यसैगरी भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैँकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैँक ले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैँक को ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
बालबालिकालाई शैक्षिक सामग्री वितरण
बाजुराका दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । रितादेवी जन एकता फाउन्डेसनको समन्वयमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
छयानब्बे वर्षमा नागरिकता
बझाङ, फागुन १२ गते । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामीप्य छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै मकहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग बिहे भएको थियो । बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखीझ्यालबाट हेरिरहन्छु । त्यो पनि पूरै घुमेको छैन ।”
न्याय र राहतको पर्खाइमा पीडित
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारामा सशस्त्र द्वन्द्वका क्रममा १५ जनाको सामूहिक हत्या र सिङ्गो गाउँ आगजनी भएको २५ वर्ष पूरा भएको छ । २०५६ फागुन १० गते भएको घटनाका पीडितले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् ।
व्यावसायिक माहुरीपालन फस्टाउँदै
रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएकाे छ । कम लगानीमा बढ आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गर्नुभएको छ । अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाउनुभएको छ । उहाँले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नुभएको छ । सुरुमा माहुरीपालनसम्बन्धी कुनै ज्ञान नभए पनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो ।”माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरीसहितको घार पनि बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिमपश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताउनुभयो । उहाँले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गर्नुभएको छ । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गर्नुभएको छ । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ । माहुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाले पनि विगतदेखि अनुदानस्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिनुभयो ।
सिप हस्तान्तरणमा समस्या
दुई दशकअगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरू प्रशस्तै पाइन्थे ।
बुटवल र कञ्चनबाट भूमि आयोगले काम सुरु गर्ने
भूमि समस्या समाधान आयोगले सबैभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या रहेको रूपन्देहीको बुटवल उपमहानगर र कञ्चन गाउँपालिकाबाट काम सुरु गर्ने भएको छ । विगतमा जहाँबाट काम रोकिएको थियो त्यहीँबाटै काम थाल्ने गरी आयोगले तयारी गरेको जनाएको हो ।
विकास प्रशासनको विडम्बना
सरकारका सबै मन्त्रालयको समान कार्यजिम्मेवारी हुँदैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
प्राविधिक शिक्षामा अबको गन्तव्य
शिक्षालाई परापूर्वकालदेखि नै व्यक्तित्व विकास तथा सुखी जीवनको प्रमुख साधनका रूपमा लिइएको छ ।
ताप्लेजुङमा पक्राउ परेका १५ मध्ये १४ जना बाहिरी जिल्लाका
फुङ्लिङ फागुन १२ गते । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । यस्तै फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका वडा नं. ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ रहेका छन् । हिलिहाङ गाउँपालिका वडा नं. ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई इलाम नगरपालिका वडा नं. ७ निवासी ५१ वर्षका योगेन्द्र लावती रहेका छन् । आठराई गाउँपालिका वडा नं. ७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा भन्ने निर्मला बराल (दर्नाल) पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् । ग्रामथान गाउँपालिका वडा नं. ६ मोरङ घर भई हाल सुन्दरहरैँचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् ।उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शनिबार साँझ नो केबलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरी सहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये १ जना प्रहरी र ३ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको छ भने केही प्रहरीहरूको उपचार जारी रहेको छ । नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्ला बाहिरबाट आएका सयौँ आन्दोलनरत पक्षले शनिबार साँझ फुङलिङमा प्रदर्शन गरेका हुन् । पाथीभरा स्थित काफ्ले पाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका भएका थिए । अहिले फुङ्लिङमा निषेधाज्ञा जारी गरिएको छ ।
बालबालिकाको भविष्यप्रति चिन्ता
राज्यले शान्ति सुव्यवस्थाका लागि केही नियम कानुन बनाएको हुन्छ । प्रत्येक नागरिकले त्यो नियम पालन पनि गरिरहेको हुन्छ ।
हात्ती बस्तीमा, गाउँले त्रासमा
सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुु¥याउने व्रmम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती जिल्लाको