सार्वजनिक दक्षता अभिवृद्धि
संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक कार्यकारी नेतृत्वमा निर्वाचित भएपछि विश्व अर्थतन्त्रमा ठुला परिवर्तन देखिन थालेका छन् ।
फुङ्लिङ र पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबुलकार विवाद चर्किंदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
ठुलो प्रभाव पार्ने सानो विषय
अन्तर निकाय/तहसँग जोडिएका विषय/समस्यामा साझा निष्कर्षमा पुग्न र बैठकको आवश्यकता पर्छ ।
‘हरित विद्यालय निर्माणमा सरकार लाग्छ’
सङ्घीय सरकारको वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपालमा हरित विद्यालय निर्माणमा सरकार लाग्ने बताउनुभएको छ । नेपालकै एक मात्रै हरित विद्यालय बज्र एकेडेमीको वातावरणमैत्री नाट्य कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासका लागि सरकार हरित विद्यालय सञ्चालनमा लाग्ने बताउनुभएको छ ।
प्युठान दम्पती हत्या प्रकरण: इगोको बदलामा काका काकीको हत्या
माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।
जनावरले प्रयोग नै गरेनन् ‘अन्डर पास’
नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ । सवारीसाधनको चापका कार
विश्वसनीय र सन्तुलित समाचारको सङ्कल्प
गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
म्यान्मारविरुद्ध नेपालको उत्कृष्ट पुनरागमन
फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले आइतबार बलियो मानिएको म्यान्मारसँग २–२ ले बराबरीमा खेलेको छ ।
जुट्दै छुट्दै कलाकार
चलचित्रका कलाकार जति ‘रिल’ जीवनमा असल श्रीमान्श्रीमतीको भूमिकामा देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पारिवारिक जीवन खासै सुखद रहेको देखिँदैन । झन् चल्तीका कलाकारको पारिवारिक जीवन लामो समयसम्म चलेको छैन ।
‘पहाड’ को छायाङ्कन सुरु
निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ छायाङ्कन सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायाङ्कन सुरु गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो ।
तोरी उत्पादन वृद्धि
दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
कोशी प्रदेशमा लक्ष्य अनुसार राजस्व
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ ।
नेप्सेको सिइओ खुला प्रतिस्पर्धाबाट ल्याइने
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
विदेशबाट आउनेले ल्याएका सामग्रीको आर्थिक स्रोत खोजिनुपर्ने
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामरालगायतका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ ।
बँदेल र बङ्गुरको ठिमाहा योजना अलपत्र
बँदेल र बङ्गुरको ठिमाहा विकासका लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन ।
ग्यास आयात वृद्धि
बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ ।
बढ्यो द्रुतमार्गको प्रगति
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ ।
‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी
सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन् ।
प्रदेश अनुकूलतामा अनुसन्धान गर्दै नास्ट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले उत्पादन र समृद्धिसँग जोडेर प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न थालेको छ ।
उपचार खोज्दा अस्पताल सिर्जना
देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात थरी रोग बोकेर २०६० सालदेखि हिँडिरहनुभएको थियो । ३० बर्से सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो ।
त्रिविमा स्वतः स्थायीको बाटो बन्द
सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ ।
वार्षिकोत्सवमा अनाथ बालबालिकालाई सहयोग
आफ्नो स्थापनाको २६२ औं वार्षिकोत्सवको अवसरमा इलामको गढीथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणले अनाथालयमा रहेका बालबालिकालाई विभिन्न सामग्री उपलब्ध गराएको छ ।
आठ जना किसान तथा उद्योगी पुरस्कृत
लमजुङको आठ जना किसान तथा साना उद्योगी पुरस्कृत हुनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लमजुङले १७ औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अबसरमा किसान तथा साना उद्योेगीलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।