• ११ फागुन २०८१, आइतबार

वार्षिकोत्सवमा अनाथ बालबालिकालाई सहयोग

blog

नेपाली सेनाको रणशार्दूल गणले अनाथालयमा रहेका बालबालिकालाई उपलब्ध गराएको सामग्री हस्तान्तरण गरिँदै । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन ११ गते । आफ्नो स्थापनाको २६२ औं वार्षिकोत्सवको अवसरमा इलामको गढीथुम्कास्थित नेपाली सेनाको रणशार्दूल गणले अनाथालयमा रहेका बालबालिकालाई विभिन्न सामग्री  उपलब्ध गराएको छ । 

सेनाले इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकालाई गणले खाद्यान्न, शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको हो । अनाथालयमा रहेका १४ बालबालिकालाई सेनाले सामग्री प्रदान गरेको अनाथालयका अध्यक्ष माया भट्टराईले बताउनुुभयो । 

महाशिवरात्रिको समेत अवसर पारेर आफ्ना विविध कार्यक्रममध्ये बालबालिकालाई सहयोग गरिएको सेनानी उमेश पुरीले जानकारी दिनुुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एकनारायण कोइराला, सशस्त्र प्रहरीका एसपी लोकेन्द्र सुवेदी, नेपाल पत्रकार महासङ्घ इलाम शाखा अध्यक्ष भीम चापागाईं, इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानलगायतको उपस्थिति थियो ।