• १३ फागुन २०८१, मङ्गलबार

नेप्सेको सिइओ खुला प्रतिस्पर्धाबाट ल्याइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १२ गते । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनुभएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल हुनुहुन्छ ।

यसैबिच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनुभएको छ । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनुभएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनुभएको थियो । 

त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनुभएको थियो ।