नवीनराज कुइँकेल
लमजुङ, फागुन ११ गते । लमजुङको आठ जना किसान तथा साना उद्योगी पुरस्कृत हुनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लमजुङले १७औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको अवसरमा किसान तथा साना उद्योेगीलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनु हुनेमा मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीका साइला दाइको बाख्रा तथा फलफूल फर्मका सञ्चालक डम्बर भुजेल, बेंसीसहर नगरपालिका–११ को राधाकृष्ण आमा समूह र समृद्ध आमा समूह, बेंसीसहर नगरपालिका–८ को नमूना स्टोर्सको सञ्चालक शिला तामाङ, सिलाइकटाई व्यावसायी गीता प्रधान रहनुभएको छ ।
यसैगरी क्ब्होंलासोंथर गाउँपालिका–३ को आदी मौरीपालन उद्योगका सञ्चालक डिल्लेश्वर गुरुङ, बेंसीसहर नगरपालिका–२ को लक्ष्मी कृषि तथा पशुपालन फार्मका सञ्चालक लक्ष्मी अधिकारी र सुन्दरबजार नगरपालिका–९ को शुलभ राइस मिलका सञ्चालक विष्णु श्रेष्ठलाई सम्मान गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लमजुङका महासचिव वेदराज खनियाँले जानकारी दिनुभयो ।
महासङ्घमा पुनः लामिछाने
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लमजुङको अध्यक्षमा पुनः श्रीकृष्ण लामिछाने निर्वाचित हुनुभएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा विकाश श्रेष्ठ, उपाध्यक्षमा भरतबहादुर बिष्ट, महिला उपाध्यक्षमा कल्पना थापा बोहोरा, महासचिवमा बेदराज खनिया, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शंकर बस्नेत चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यमा यज्ञनारायण श्रेष्ठ, दिपज्योति प्रधान, कुमारबहादुर विष्ट, कृष्णबहादुर देउजा, शारदा खनियाँ, अस्मिता पौडेल, शोभा पन्थी, महिला सदस्यमा अनिता बोहोरा र पुष्पकला मिश्र निर्वाचित हुनुभएको छ ।
त्यस्तै, महासङ्घको महिला उद्यमी समिति अध्यक्षमा कल्पना बोहोरा निर्वाचित हुनुभएको छ । समितिको उपाध्यक्षमा इन्दु न्यौपाने, महासचिवमा राजकुमारी श्रेष्ठ, सचिवमा सायरा मिया निर्वाचित हुनुभयो । सदस्यमा सानुमाया श्रेष्ठ, निकिता श्रेष्ठ, सरस्वती श्रेष्ठ (क), जनक घिमिरे, विमाया तामाङ, सरस्वती श्रेष्ठ (ख) निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले महासङ्घले उद्यामी तथा व्यावसायीको उत्थान र प्रवर्धनको क्षेत्रमा काम गर्न महासङ्घलाई आग्रह गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्य कंडेलले जिल्लामा रहेको महिलालाई पनि उद्यममा जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बेंसीसहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, नेपाल घरेल तथा साना उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ, केन्द्रीय सदस्य विनोददेव पन्त, केन्द्रीय सदस्य रामकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको महासचिव बेदराज खनियाले जानकारी दिनुभयो ।